एकै दिन हजार रुपाैयाँले बढ्यो सुनको मूल्य

23

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपाैयाँले बढेको छ । सोमबार प्रतितोला ९७ हजार दुई सय रुपाैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार दुई सय रुपाैयाँ तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार सात सय रुपाैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपाैयाँले बढेर रु एक हजार तीन सय २५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।