काठमाडौं । मोरङ-१ मा एमाले उम्मेदवार घनश्याम खतिवडा अग्रता कायमै राख्दै अघि बढेका छन्। खतिवडाले काङ्ग्रेसका डिकबहादुर लिम्बुलाई ७ सय मतले पछि पारेका छन्।खतिवडाले २७४१ मत ल्याउँदा कांग्रेसका लिम्बुले २०३२ मत पाएका छन्।यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठले १२१७ मत पाएका छन। मतगणना जारी छ।
काठमाडौं । निर्वाचन आयोगले पाँच जिल्लाका मतपेटिका अझै संकलन गर्न बाँकी रहेको बताएको छ।बाजुरा, मुगु, डोल्पा, हुम्ला र बझाङमा मतपेटिका संकलन गर्न बाँकी रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको हो।मुलुकभरका १ सय सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ४६ क्षेत्रमा मतगणना जारी छ।मंगलबार बिहानसम्म गण्डकी प्रदेशका मुस्ताङ र मनाङका प्रतिनिधि सभा र प्रदेश सभा दुबैतर्फका नतिजा सार्वजनिक भएको छ भने...
सुरुङ्गा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा-१ ९१० को मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङले चार हजार आठ सय १० मत प्राप्त गर्दै अग्रता लिएका छन् ।त्यस्तै नेकपा (एमाले) मा उम्मेदवार रबिन कोइरालाले चार हजार ६० मत प्राप्त गर्दै दोस्रे स्थानमा छन् । त्यस्तै प्रदेशसभा २ मा नेकपा(माओवादी केन्द्र)का श्यामवीर लिम्बूले...
पर्सा । वीरगञ्ज-पर्सा क्षेत्र नम्बर १ मा जसपाले अग्रता कायम राखेको छ।जारी मतगणना अनुसार एमाले-जसपा गठबन्धनका उमेदवार जसपाका नेता प्रदीप यादवले ५ हजार ९८० मत प्राप्त गरेका छन्।यादवलाई स्वतन्त्र उम्मेदवार अजय द्विबेदीले ४५०२ मतका साथ पछ्याउँदै छन्। यादव द्विबेदीभन्दा १ हजार ४७८ मतले अघि छन्।यस्तै, यो क्षेत्रमा पाँचदलीय गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्णले २८९ मत पाएका छन्। राप्रपा किरण मान...
जनकपुरधाम । महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका लक्ष्मी महतोले अग्रता लिएका छन्।सुरुवाती समयमा पछाडि परेका महतो ३ हजार ४०८ सहित पहिलो स्थानमा रहेका छन्।यस्तै, नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २ हजार ४८१ मतसहित दोस्रो स्थानमा रहेका छन्।२०७४ को निर्वाचनमा पोखरेल निर्वाचित भएका थिए भने महतो निकटतम प्रतिद्वन्दी बनेका थिए । हाल यस क्षेत्रमा मतगणना जारी छ।
पोखरा । कास्की- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका दामोदर पौडेल बैरागी ३६५ मतले अगाडि आएका छन्।दामोदरले ४ हजार ५५१ र राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४ हजार १८६ मत पाएका छन्।
काठमाडौँ । झापा क्षेत्र नम्बर- ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको फराकिलो अग्रता कायमै छ।ताजा मतपरिणामअनुसार सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले १२ हजार १८६ मत प्राप्त गरेका छन्।उनका निकटतम प्रतिष्पर्धी गठबन्धनमार्फत् नेपाली कांग्रेका उम्मेदवार खगेन्द्र अधिकारीले ७ हजार १०३ मत प्राप्त गरेका छन्।ओली र अधिकारीबीच ५०८३ मतको फराकिलो अन्तर रहेको छ।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका...
गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना पनि सुरु भएको छ । मंगलबार बिहान दश बजे बसेको सर्वदलीय बैठक पश्चात मतगणना सुरु गरिएको हो ।जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ ।सोमबार साँझ मात्र सो क्षेत्रका सबै मतपेटिका संकलन भएको थियो । सडक सञ्जाल नजोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत...
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् ।काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दाबी गरे । आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।
रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् ।मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् । गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन छ ।










