पाँच जिल्लामा मतपेटिका संकलन गर्नै बाँकी

56

काठमाडौं । निर्वाचन आयोगले पाँच जिल्लाका मतपेटिका अझै संकलन गर्न बाँकी रहेको बताएको छ।

बाजुरा, मुगु, डोल्पा, हुम्ला र बझाङमा मतपेटिका संकलन गर्न बाँकी रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको हो।

मुलुकभरका १ सय सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ४६ क्षेत्रमा मतगणना जारी छ।

मंगलबार बिहानसम्म गण्डकी प्रदेशका मुस्ताङ र मनाङका प्रतिनिधि सभा र प्रदेश सभा दुबैतर्फका नतिजा सार्वजनिक भएको छ भने बागमती प्रदेशमा ललितपुर २ र काठमाडौं १ र  ४ को  अन्तिम परिणाम परिणाम सार्वजनिक भएको छ।