Friday, June 19, 2026
Home Blog Page 626
बाँके । बाँके क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद ढकालले अग्रता कायम राखेका छन् । उनलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले पछ्याइरहेका छन् ।निर्वाचन आयोगको मत विवरण अनुसार एमाले उम्मेदवार ढकालले ५ हजार ५६९ र मन्त्री गहतराजले ४५६७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका सुरेश कुमार चौधरीले २ हजार ३१९ मत...
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेस र एमालेले बराबर अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेस र एमालेले समान ४३/४३ ठाउँमा अग्रता लिएका छन् ।पछिल्लो मतपरिणामअनुसार कांग्रेस र एमाले बराबरी अग्रता लिँदा कांग्रेसले ४ ठाउँमा जित हासिल गरेको छ । यस्तै एमालेले एक ठाउँमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस कूल ४७ ठाउँमा अग्रता बनाउन सफल...
काठमाडौं । दार्चुलामा ८ हजार ८ सय ३१ मत गणना भएको छ। नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडुले ४ हजार ५ सय १६ मत पाएका छन्।उनले एमालेका गणेश ठगुन्नाभन्दा ४ सय ४२ मतले अग्रता लिएका छन्। ठगुन्नाले भने ४ हजार ७४ मत ल्याएका छन्।
काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन्। नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जीनभन्दा आचार्य १८ सय बढी मतले अघि छन्।पछिल्लो मतपरिणाम अनुसार आचार्यले ४ हजार ५७२ मत ल्याउँदा एमालेका छोवाङ तेन्जीन तामाङले २ हजार ७५० मत प्राप्त गरेका छन्। रसुवामा यी दुई प्रतिस्पर्धीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।यीबाहेक अन्य उम्मेदवारहरूले भने सय मत पनि कटाएका छैनन्।
काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् ।उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण मंगलबार मात्र मतगणना सुरु भएको थियो ।यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।
धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएका हुन् ।इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र पाण्डेयले सचिव भट्टको घरमा प्रवेश गरेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।नकाअनुसार...
पाल्पा । पाल्पा क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार एमालेका ठाकुर गैरे अग्र स्थानमा छन् ।बगनाँसकाली गाउँपालिकाको वडा नम्बर १,२,३,४,५र ६ को मतगणना सकिँदा  गैरेले चार हजार ४२ मत पाएका छन् ।एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले ३ हजार ९४ मतसहित गैरेलाई पछ्याइरहेका छन् ।यो क्षेत्रमा एमाले र एकीकृत समाजवादी मुख्य प्रतिस्पर्धा भइरहेको छ ।
सप्तरी । मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ ।सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।
काठमाडाैँ । एक मात्र निर्वाचन क्षेत्र रहेकाे डाेटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेम आलेले फराकिलाे मतले अग्रता कायम गरेका छन् ।आलेले ६ हजार २३१ मत प्राप्त गर्दा नेकपा एमालेकी गाैरी ओलीले ३ हजार ४०९ मत प्राप्त गरेकी छन् ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै सम्बोधन गर्दै थापाले भने,’संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ ।’उनले अहिले जनताले स्थायित्वमात्रै नभई...