Sunday, September 27, 2026
Home राजनीति झापा- ५ मा केपी ओली अगाडि, घण्टी तेस्रो

झापा- ५ मा केपी ओली अगाडि, घण्टी तेस्रो

75

काठमाडौँ । झापा क्षेत्र नम्बर- ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको फराकिलो अग्रता कायमै छ।

ताजा मतपरिणामअनुसार सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले १२ हजार १८६ मत प्राप्त ग‍रेका छन्।

उनका निकटतम प्रतिष्पर्धी गठबन्धनमार्फत् नेपाली कांग्रेका उम्मेदवार खगेन्द्र अधिकारीले ७ हजार १०३ मत प्राप्त गरेका छन्।

ओली र अधिकारीबीच ५०८३ मतको फराकिलो अन्तर रहेको छ।

यस्तै, राष्ट्रिय‍ स्वतन्त्र पार्टीका सुरेश पोखरेलले २ हजार ११३ मत प्राप्त गरेका छन्।