चितवन । प्रतिनिधि सभातर्फ चितवन -३ मा राप्रपाका विक्रम पाण्डे अग्र स्थानमा छन् । उनले ४ हजार १ सय ८६ मत लेराएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिता बरालले ३ हजार ६ सय ५३ मत लेराएका छन् ।यस्तै, माओवादीका डा. भोजराज अधिकारीले ३ हजार ५७९ मत लेराएका छन् भने स्वतन्त्र उम्मदवार दिनेश कोइरालाले २ हजार ९५४ मत लेराएका छन् ।
सिन्धुली । सिन्धुली निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गठबन्धनका उम्मेदवार मतान्तरलाई बढाउँदै लगेका छन् । हालसम्म निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १० हजार सात सय ६६ मतगणना हुँदै गठबन्धनबाट लेखनाथ दाहालको अग्रता कायमै रहेको छ । उनले पाँच हजार आठ सय ३६ मत प्राप्त गरेका छन् भने एमालेका मनोजजङ्ग थापाले चार...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा...
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए ।नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भए । उनले ३६७० मत ल्याए ।
काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा जित नजिक रहेकी छन् ।तोसिमाले ५ हजार ८ सय २८ मत प्राप्त गरिसकेकी छिन् भने नेकपा एमालेका अमृत खड्काले ४ हजार ४ सय २३ मत प्राप्त गरेका छन् ।तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २९३ मत प्राप्त गरेकी छन् ।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा (क) मा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले अग्रता कायमै राखेकी छन् । उनले १ हजार ८७२ मत ल्याएकी छन् ।उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतसागर महर्जनले पछ्याइरहेका छन् । उनले १ हजार ६८५ मत ल्याउँदा नेकपा एमालेका निरेशलाल सिंह महर्जनले १ हजार ४४० मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका रविन्द्रप्रसाद श्रेष्ठले ४२२ मत ल्याएका...
काभ्रे । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान दोङले ३८५ मतसहित सुरुवाती अग्रता कायम गरेका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।उनलाई नेकपा एमालेका रेशम लामाले ३१५ मतसहित पछ्याइरहेका छन् ।
बारा । बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् । १७ हजार ६६५ मत गणना हुँदा मैनालीले ८ हजार ९६१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उमाकान्त चौधरीले ६ हजार ६ सय ३७ मत पाएका छन् । उनी खानेपानीमन्त्री पनि हुन् ।
पोखरा । कास्की क्षेत्र नं. ३ मा सुरुआतदेखि नै निरन्तर अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै नेकपा एमालेले अग्रता लिएको छ ।सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका रामजी बराल तेस्रो स्थानमा छन् ।मंगलबार बिहान १० बजेसम्मको मतगणनाअनुसार रास्वपाका उम्मेदवार योगराज पौडेललाई पछि पार्दै नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ले अग्रता लिएका हुन् ।बैरागीले ४ हजार ५५१ मत ल्याएका छन् ।...
काठमाडाैँ । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलाे अग्रता कायमै गरेका छन्।८ हजार ५४० मत गणना हुँदा प्रचण्डले ५ हजार ९८० मत प्राप्त गरेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले एक हजार ६८२ मत प्राप्त गरेका छन्। बुर्लाकाेटी र प्रचण्डबीच ४ हजार २९८ मतान्तर रहेकाे छ।यता, नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले १ हजार...










