Friday, October 2, 2026
Home राजनीति झापाका दुई क्षेत्रमा मतगणना जारी

झापाका दुई क्षेत्रमा मतगणना जारी

57

सुरुङ्गा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको झापामा मतगणना जारी छ । प्रदेशसभा सदस्यतर्फको समेत दुईवटा निर्वाचन क्षेत्रमा झापामा मतगणना भइरहेको छ । जसअनुसार झापा-१ ९१० को मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङले चार हजार आठ सय १० मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

त्यस्तै नेकपा (एमाले) मा उम्मेदवार रबिन कोइरालाले चार हजार ६० मत प्राप्त गर्दै दोस्रे स्थानमा छन् । त्यस्तै  प्रदेशसभा २ मा नेकपा(माओवादी केन्द्र)का श्यामवीर लिम्बूले दुई हजार नौ सय ६८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाईँले दुई हजार ६ सय ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै झापा क्षेत्र नं ३ ९१० कांग्रेसका उम्मेदवार भूमिप्रसाद राजवंशीले अग्रता लिएका छन् । उनले दुई हजार आठ सय ३४ मत प्राप्त गर्दा सूर्य चिह्नमा वसन्तकुमार बानियाँले दुई हजार ६ सय २९ मत प्राप्त गरेका छन् । प्रदेशसभा ९२० मा नेकपा (एमाले) का उम्मेदवार छवि चुडालले अग्रता लिएका छन्। उनले दुई हजार एक सय २१ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार पूर्णसिंह राजवंशीले एक हजार दुई सय ९० मत प्राप्त गरेका छन् । झापा क्षेत्र नं २ र ४ र ५ मा मा प्रदेशसभातर्फ मतगणना सुरु हुन सकेको छैन ।