कैलाली । कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले मतदाताको धारणा बुझेर आगामी योजना अघि बढाउने बताएका छन् । मतदाताको धारणा बुझ्न प्रत्येक घरमा पुग्ने उनले बताए ।विजयी भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भने, ‘म तपाईंहरुको घरदैलोमा आउँदैछु, प्रत्येक घरमा । तपाईंहरुको योजना के छ, वस्तुस्थितिबारे बुझ्ने छु । त्यही योजना अनुसार...
काठमाडौं । पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङले कांग्रेस उम्मेदवार भीष्मराज आङदेम्बेलाई फेरि पछि पारेका छन्।पालैपालो जस्तो अघिपछि भइरहेका यी दुई उम्मेदवारमध्ये एमालेका नेम्वाङले २७०० मत प्राप्त गर्दा आङदेम्बेले २६८७ मत पाएका छन्। उनीहरूबीचको मतान्तर १३ मात्रै छ।
म्याग्दी । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। मालिका गाउँपालिका-५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो।हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धन दलहरूले छानबिन र कारबाहीको माग गरेका छन्।सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा छाप भएको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छैन। गठबन्धनको...
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्त पूर्व) क्षेत्र नं १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा शशाङ्क कोइरालाले मतान्तर बढाउँदै लगेका छन् ।पछिल्लो मत परिणामअनुसार डा शशाङ्क कोइराला नेकपा (एमाले)का उम्मेदवारभन्दा एक हजार चार सय ६४ मतले अगाडि छन् ।एघार हजार मत गनिसक्दा डा कोइरालाले पाँच हजार पाँच मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कृष्ण पौडेलले तीन हजार...
काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।उनले काठमाडौं महानगरपालिका–१६ को कित्ता नं १३९९ को ९१.३१ वर्गमिटर जग्गा सरकारको स्वीकृतिविना भक्तरत्न तुलाधरको नाममा कायम हुने गरी निर्णय गरेको अख्तियारले बताएको छ । अख्तियारले उनीसँग २१ लाख ३० हजार ३८१...
काठमाडौं । काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिाछानेले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।निर्वाचनको एक महिनाअघि उपत्यकाका ४५ ठाउँमा एकसाथ उम्मेदवार सार्वजनिक गर्ने र दुवै पार्टीबाट एकअर्काका उम्मेदवारलाई समर्थन गर्ने भद्र सहमति भएपनि त्यसलाई लामिछानेले पालना नगरेको बताए ।‘काठमाडौं १ मा उहाँले घन्टीबाट उम्मेदवारी नदिने सहमति गर्नुभएको थियो, यद्यपि यो लिखित...
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा स्वतन्त्र उमेदवार किरणकुमार साहले आफ्नो अग्रता कायमै राखेका छन् ।पछिल्लो मतपरिणाम अनुसार साहले १०७१ मतान्तरले नेपाली कांग्रेसका डा. फिरदोस आलमलाई पछि पारेका हुन् । साहले ४८०१ मत ल्याउँदा आलमले ३७३० मत ल्याएका छन् ।कांग्रेसबाट उम्मेदवारी दिएका फिरदोस हत्या आरोपमा जेलमा रहेका मोहमद आलमका छोरा हुन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसीले बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई पराजित गरेका छन् ।काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा केसीले १ हजार ५१९ मतान्तरले श्रेष्ठलाई पराजित गरेका हुन् । केसीले ६ हजार ५९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत ल्याएका छन् ।
काठमाडौं । कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ ।उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।नेकपा एमालेका गौरीशंकर चौधरी भने ९ हजार ८७४ मतसहित तेस्रो...
काठमाडौं । काठमाडौं-१ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नं १ सरोकार कोष स्थापनाको घोषणा गरेका छन् । उनले आफ्ना पछिल्ला २ पुस्तकबाट प्राप्त हुने लेखकश्व मा थप रकम जोडेर २५ लाख रुपैयाँबाट कोष स्थापनाको घोषणा गरेका हुन् ।मंगलबार विहान सार्वजनिक मत परिणाम अनुसार उनी १२५ मतान्तरले यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका...










