मालपोतका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

68

काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

उनले काठमाडौं महानगरपालिका–१६ को कित्ता नं १३९९ को ९१.३१ वर्गमिटर जग्गा सरकारको स्वीकृतिविना भक्तरत्न तुलाधरको नाममा कायम हुने गरी निर्णय गरेको अख्तियारले बताएको छ । अख्तियारले उनीसँग २१ लाख ३० हजार ३८१ रुपैयाँ विगो माग गर्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

तत्कालिन मालपोत अधिकृत सीताराम पोखरेल, तत्कालिन नायब सुब्बा ताराप्रसाद जोशी र प्रसाराम भुसाल र जग्गाधनी बन्ने भक्तरत्न तुलाधरविरुद्ध पनि अख्तियारले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।