रविले तोडे भद्र सहमति , देखाएनन् इमान्दारिता : खरेल

117

काठमाडौं । काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिाछानेले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।

निर्वाचनको एक महिनाअघि उपत्यकाका ४५ ठाउँमा एकसाथ उम्मेदवार सार्वजनिक गर्ने र दुवै पार्टीबाट एकअर्काका उम्मेदवारलाई समर्थन गर्ने भद्र सहमति भएपनि त्यसलाई लामिछानेले पालना नगरेको बताए ।

‘काठमाडौं १ मा उहाँले घन्टीबाट उम्मेदवारी नदिने सहमति गर्नुभएको थियो, यद्यपि यो लिखित थिएन’, खरेलले भने, ‘पछि एक्कासी उहाँले पुकार बमलाई उम्मेदवार बनाएर पठाउनुभयो ।’

उनले भद्र सहमति हुँदा काठमाडौं–८ का उम्मेदवार विराजभक्त श्रेष्ठ र काठमाडौं–५ का उम्मेदवार डा. प्रणयशमशेर राणा पनि साथमै भएको बताए । ‘त्यतिबेला सबै ठाउँमा कसलाई कुन ठाउँबाट उठाउने भन्ने पनि लगभग टुंगो लागिसकेको थियो’, खरेलले थपे, ‘तर, अन्तिममा उहाँहरुले काठमाडौं–१ मा पनि उम्मेदवारी दिनुभयो । सम्पर्कमा आउनुभएन, यो इमान्दारिता होइन ।’