Friday, June 19, 2026
Home Blog Page 624
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-९ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले अहिलेको निर्वाचन परिणामपछि राजनीतिक कोर्स बदलिने बताएका छन् । यसबारे सबै राजनीतिक दल र नेताहरुले पुनर्विचार गर्नुपर्ने उनको मत छ ।पत्रकारहरुलाई प्रतिक्रिया दिंदै श्रेष्ठले भने, ‘निर्वाचन परिणामपछि राजनीतिक कोर्स बदलिनेवाला छ । सबै पार्टी र नेताहरुले राष्ट्रिय राजनीतिबारे रि–थिङ्क गर्नुपर्छ ।’राजनीतिक दललाई नयाँ पार्टी र...
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् ।९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद...
परासी । नवलपरासी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा राप्रपाको अग्रता कायमै छ । प्रतिनिधिसभा सदस्यमा पूर्वआईजीपी समेत रहेका राप्रपाका नेता ध्रुवबहादुर प्रधानले कांग्रेसका देवेन्द्रराज कँडेलले भन्दा ४ हजार ३२ मत बढी पाएका छन् । नेकपा एमाले उम्मेदवार तेस्रो स्थानमा छन् ।त्यसैगरी नवलपरासी-२ को प्रदेशसभा ‘१’ मा पनि राप्रपा अघि छ । राप्रपाका आशिष प्रधान नागरिक...
काठमाडाैँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-२ स्थित सिद्धार्थ माविका हाल मतगणना जारी छ।मंगलबार अपराह्न १ बजेसम्म मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं २ मा १६ हजार एक सय १३ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।उक्त मतगणना हुँदा नेकपा एमालेका महेश बर्तौलाले अग्रता कायमै राखेका छन्। उनले छ हजार तीन सय ४९ मतसहित अग्रता कायम राखेका हुन्।त्यस्तै, लोकतान्त्रिक-वाम गठबन्धनका विरोध...
काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले अग्रता लिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिइरहेकी थिइन् ।७ हजार ४३६ मत गणना हुँदा सुब्बाले १ हजार ५५५ मत ल्याउँदा जनता समाजवादी पार्टीका अशोकुमार राईले १ हजार ३४१ मत पाएका छन् । रास्वपाकी तामाङ १ हजार २८८ मत ल्याउँदै...
जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई प्रदेशसभा सदस्य निर्वाचनमा जनमत पार्टीका नेता सतिशकुमार सिंहसँग पराजित भएका छन् ।सप्तरी-२ (१) बाट प्रदेशसभामा निर्वाचित सतिशले ८ हजार ४४२ मतान्तरले जनता समाजवादी पार्टीका उम्मेदवार मन्त्री साहलाई पराजित गरेका हुन् ।सिंह १६ हजार ७३४ मत ल्याएर विजयी हुँदा साहले ८ हजार २९२ मतमात्र ल्याए । मधेशका हालका अर्थमन्त्री साह आगामी प्रदेशसभामा...
काठमाडौं । नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकालेका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे ।सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला...
चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।
दमक । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनी ६ हजार ५५५ मतले अघि छन् ।ओलीले १५ हजार ५१० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीले ८ हजार ९५५ मत ल्याएर पछ्याइरहेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरका १२ स्थानमा अग्रता कायम राखेको छ । सुनसरी-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि उम्मेदवार गोमा तामाङले ९७३ मतसहित अग्रता लिएकी छन् ।सुनसरी-२ मै नेपाली कांग्र्रेसका सीताराम महतोलाई १८९ मतले पछि पार्दै रास्वपाका उम्मेदवार लालविक्रम थापाले ८४९ मतसहित अग्रता लिएका छन् । सुनसरी-३ मा एमाले उम्मेदवार...