Friday, June 19, 2026
Home Blog Page 622
कर्णाली ।  प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ । भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका सङ्कलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।“मुगुमा चार स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो”, उनले...
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म १३ ठाउँमा जित दर्ता गरेको छ । डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसले अहिलेसम्म १३ निर्वाचन क्षेत्रबाट जित निकालेको हो ।कांग्रेसले प्रतिनिधिसभातर्फ १३ ठाउँमा जित दर्ता गर्दा सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले खाता खोल्न सकेको छैन । अर्को सत्ता गठबन्धनको नेकपा (एकीकृत समाजवादी) पार्टीले भने प्रतिनिधिसभातर्फ एक ठाउँमा जित दर्ता गरेको छ...
काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालकाे जित सुनिश्चित भएको छ । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका छन् । यो मतान्तर अब गन्न बाँकी (४ हजार २९१ मत) मतभन्दा बढी हो ।पछिल्ल मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । खनालका प्रतिस्पर्धी नेकपा...
काठमाडौं । ओखलढुंगामा प्रदेशसभा (क) मा नेपाली कांग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।एक मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा प्रदेशसभा (क) मा कांग्रेसका प्रदीपकुमार सुनुवार र (ख)  मा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका हुन् । कांग्रेसका सुनुवारले नेकपा एमालेका अम्बिकाबाबु गुरुङ र माओवादी केन्द्रका गौतमले एमालेकै ज्ञानबहादुर खड्कालाई पराजित गरे ।कांग्रेसका सुनुवारले १४ हजार ९१६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका गुरुङले १४ हजार ५५६ मत पाए । यस्तै माओवादी केन्द्रका...
मोरङ । मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभा प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवार सुनिल शर्माले आफ्नो अग्रता बढाएका छन् ।उर्लाबारी नगरपालिकामा २५ हजार ७ सय ६४ मत गणना हुँदा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ४ हजार ५ सय २७ मतको अग्रता बनाएका हुन् ।हालसम्म शर्माले १२ हजार ३ सय ३१ मत हासिल गरेकाछन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार...
पर्सा । पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामेश रिजाल निर्वाचित भएका छन् । पर्साको पोखरयास्थित जिल्ला उचाङ्ग रामदेव दास उच्च माविमा जारी मतगणनामा नेकपा (एमाले) उम्मेदवार जालिम मियाँलाई पाँच हजार पाँच सय ३० मतान्तरले रिजाल विजयी भएका हुन् । बैसठ्ठी हजार चार सय ९६ मत गणना गर्दा एमाले उम्मेदवार मियाँले २५ हजार छ सय...
दार्चुला । दार्चुलामा प्रदेश सभा (क) मा नेपाली कांग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।एक मात्रै निर्वाचत क्षेत्र रहेको दार्चुलामा प्रदेशसभा (क) मा कांग्रेसका बिक्रम सिंह धामी र (ख)  मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका हुन् ।कांग्रेसका बिक्रम सिंह धामीले नेकपा एमालेका हरदेव जोशी र माओवादी केन्द्रका मानबहादुर धामीले एमालेकै रामदत्त जोशीलाई पराजित...
विराटनगर । मोरङका तीनवटा क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभामा ६ वटा निर्वाचन क्षेत्रमध्ये तीनवटामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् । दुई क्षेत्रमा एमाले र एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।क्षेत्र नम्बर ३, ४ र ६ मा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । १ र २ मा नेकपा एमाले र ५ मा स्वतन्त्र...
काठमाडौं । हुम्लामा मतपेटिका अलपत्र परेका छन् । मतदान सम्पन्न भएको चार दिन बितिसक्दा पनि मतपेटिका संकलन भएको छैन ।प्रदेश १ का २२ मतदान केन्द्रका ८८ मतपेटिका सदरमुकाम सिमकोट पुर्‍याइए पनि प्रदेश २ का ३४ केन्द्रका १३६ मतपेटिका सर्केगाडको केन्द्रमा थन्क्याइएको छ ।हेलिकप्टरबाट सिमकोट ल्याउने भनिए पनि अहिलेसम्म मतपेटिका संकलन भने भएकाे छैन ।हेलिकप्टरबाट नआउँदा मतपेटिका सदरमुकाम पुर्‍याउन नसकिएको...
मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। क्षेत्र-२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन्।श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याएका छन्।यो क्षेत्रमा विसं...