Friday, June 19, 2026
Home Blog Page 623
काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ ।पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो । यो क्षेत्रमा गन्न बाँकी मत ११ हजार ३९१ छ ।तर उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले भन्दा १२ हजार ६८० मतका साथ अघि छन् ।...
काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका माधव नेपालले प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तासँग मतान्तर फराकिलो बनाइरहेका छन् ।नेपाल ४ हजार ७२४ मतले अगाडि छन् । उनले १९ हजार २११ मत प्राप्त गर्दा एमालेका अजयले १४ हजार ४८७ मत प्राप्त गरेका छन् ।
दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाउँदै लगेका छन् ।मंगलबार (हिजो) बेलुकीसम्म झण्डै दुई हजार मत अन्तरले पछि परेका पोख्रेलले बुधबार (आज) बिहानसम्म मत अन्तर १६०० मा झारेका छन् ।आज बिहानको मत परिणाम अनुसार रेखाले १४ हजार १०७ मत पाएकी छन् । उनलाई पछ्याइरहेका शंकर पोख्रेलले १२ हजार...
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४० नंको जिप कुटडाँडा भन्ने स्थानमा दुर्घटना भाएको हो ।दुर्घटनामा परी सत्यवती गाउँपालिका–३ का ५१ वर्षीय झलक सोमै, ५५ वर्षीया टीका राहडी, ४७ वर्षीय रनबहादुर सिंजापती, ३० वर्षीय...
संखुवासभा । संखुवासभाको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले सुरुवाती अग्रता लिएका छन् ।७०० मत गणना हुँदा खड्काले ३३५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार राजेन्द्र प्रसाद गौतमले ३३२ मत पाएका छन् । उनीहरुबीच ७ मतको मात्रै अन्तर छ ।प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा नेपाली कांग्रेसका दीपक खड्का, नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतम, जसपाका दीपककुमार राई, राप्रपाका...
रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्‍वकर्माले अग्रता लिएका छन् । दोस्रोमा स्वतन्त्र उम्‍मेदवार घनश्‍याम भूसाल छन् ।एमालेका विश्वकर्माले २ हजार ५ सय ४२ मत पाएका छन् भने घनश्‍याम भूसालले १ हजार ९६४ मत पाएका छन् ।यस्तै नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १ हजार ८ सय ७७ मत ल्याएका छन् भने जनमत पार्टीका कैलाश गुरूङले...
मोरङ । मोरङ क्षेत्र नम्बर ४ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता कायमै राखेका छन्।मोदीले ८ हजार ६९१ मत पाएका छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका विनोद ढकालले ५ हजार ९३७ मत पाएका छन्। यस्तै राप्रपाका गोपाल क्षेत्री ५६३ मतसहित तेस्रो स्थानमा छन्।
विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई नेकपा एमालेका ऋषिकेश पोखरेलले झिनो मतले पछि पारेका छन् ।पछिल्लो मत परिणाम अनुसार पोखरेल १५५ मतले अघि छन् । पोखरेलले ४१६० मत ल्याउँदा कोइरालाले ४००५ मत प्राप्त गरेकी छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ३६४ मत ल्याएका छन् ।
गण्डकी । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि छन् । उनलाई नेकपा (एमाले) का विद्या भट्टराईले तीन हजार तीन सय ९८ मत सहित पछ्याएका छन् । नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले एक हजार नौ सय ७४ मत ल्याएक छन् भने राष्ट्रिय प्रजातन्त्र...
काठमाडौं । भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् । मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् ।