ओखलढुंगा प्रदेशसभा (क) मा कांग्रेस र (ख) मा माओवादी निर्वाचित

27

काठमाडौं । ओखलढुंगामा प्रदेशसभा (क) मा नेपाली कांग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

एक मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा प्रदेशसभा (क) मा कांग्रेसका प्रदीपकुमार सुनुवार र (ख)  मा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका हुन् । कांग्रेसका सुनुवारले नेकपा एमालेका अम्बिकाबाबु गुरुङ र माओवादी केन्द्रका गौतमले एमालेकै ज्ञानबहादुर खड्कालाई पराजित गरे ।

कांग्रेसका सुनुवारले १४ हजार ९१६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका गुरुङले १४ हजार ५५६ मत पाए । यस्तै माओवादी केन्द्रका गौतमले १५ हजार ७३८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका खड्काले १४ हजार ६४० मत ल्याए ।