Tuesday, September 22, 2026
Home राजनीति नवलपरासीको दुवै प्रदेशमा एमाले विजयी

नवलपरासीको दुवै प्रदेशमा एमाले विजयी

73

मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। क्षेत्र-२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन्।

श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याएका छन्।

यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो। त्यसैगरी (२) मा पाण्डेले १८ हजार आठ सय छ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनालले १४ हजार सात सय ६१ मत पाएका छन्।