सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले यसपटक शून्यमा झरेको छ । कर्णालीमा यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभाको नौ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । कालीकोट, हुम्ला र मुगुमा मतगणना जारी छ ।मतगणना जारी रहेका स्थानमा पनि एमाले उम्मेदवार फराकिलो अन्तरले पछाडि छन् । कांग्रेसले सुर्खेतका दुईवटै र दैलेख...
काठमाडौं । रौतहट जिल्लाको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका माधवकुमार नेपाल निर्वाचित भएका छन्।
एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल ३३ हजार पाँच सय २२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता पराजित भए। उनले २६ हजार ९ सय २२ मत ल्याएका छन्।
जनमत पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद साहले १४ सय ११ मत ल्याएका...
काभ्रे । केही दिनदेखि काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ३ भेडाबारी थुम्का घर भएका सेते तामाङ्ग थिङ बेपत्ता भएका छन् । जिल्लाको धूलिखेल २८ किलो भन्ने ठाँउबाट उनी हराएको परिवारले जानकारी दिएको छ । तस्विरमा उल्लेखित व्यक्ति कही कतै कसैले देख्नु भएमा नजिकैको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नं. ९८१३४९४०४९ खबर गरिदिनु हुन परिवारले आग्रह गरेको छ ।...
चितवन । संघीय तर्फ चितवन जिल्लाको निर्वाचन क्षेत्र नं. २को मतगणना सकिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जित हासिल गरेका छन् । उनले ४९ हजार २६१ मत ल्याए । उनका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याएका छन् । यसको आधिकारीक घोषणा निर्वाचन...
काभ्रे । प्रतिनधि सभा निर्वाचन २०७९ काभ्रेपलान्चोक क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकुल प्रसाद बाँस्कोटा अग्रता लिएका छन् ।
बेथानचोक, भूम्लु गाउँपालिका, बनेपा, पनौती, र मण्डनदेउपुर नगरपालिकाको १ र २ सम्मको को मतगणना अनुसार
बाँस्कोटा एमालेका उम्मेदवारको सुर्य चिन्हले २४१०८ र (गठबन्धन ) नेपाली काँग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाइको २२९७२ मत ल्याएका छन् । यो मतान्तर अनुसार...
काठमाडौँ । बर्दिया २ ख बाट नेपाली कांग्रेस प्रदेश सभा सदस्यमा जन्मजय तिमिल्सेना निर्वाचत भएका छन ।
आफना प्रतिस्पर्धीलाई पाँच हजार ६६ मतले पछि पादै उनी निर्वाचित भएका हुन । तिमिल्सिनाले १७ हजार २५० मत प्राप्त गरी विजय भएका छन । उनका निकतम प्रतिस्पर्धी प्रदेशी थारुले १२ हजार १८४ मत प्राप्त गरेका छन । नेपाल तरुण दलको...
काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म २५ क्षेत्रमा जित दर्ता गरेको छ। डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस २५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्।कांग्रेस २५ क्षेत्रमा विजयी हुँदा एमालेले १५ क्षेत्रमा जित निकालेको छ भने माओवादी केन्द्रले ७ सिटमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादीले ६...
काठमाडौं । नेकपा एमाले हालसम्म १५ निर्वाचन क्षेत्रमा विजयी भएको छ। प्रतिनिधिसभातर्फ ६५ क्षेत्रको परिणाम सार्वजनिक हुँदा एमालेले १५ सिट जितेको हो। कांग्रेस २५ जितिसकेको छ भने १५ सिट जितेर अहिलेसम्म एमाले दोस्रो दल बनेको छ। कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले ७ सिट जितेको छ भने एकीकृत समाजवादीले ६ सिट जितेको छ। रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म...
प्रदेशसभाको नतिजा अनुसार नेपाली कांग्रेसले २६ स्थानमा विजय हासिल गरेको छ। त्यस्तै, दोस्रो स्थानमा एमालेले ९ स्थानमा विजयी भएको छ। नेकपा माओवादी केन्द्रले सात स्थानमा जित हासिल गरेको छ:कुन दलले कहाँ–कहाँ जिते ?
नेपाली कांग्रेस
१. ओखलढुंगा १ (क) प्रदिपकुमार सुनुवार
२. मोरङ ५ (क) गयानन्द मण्डल गनगाई
३. पर्सा २ (क) श्यामप्रसाद पटेल
४. पर्सा ४ (क) शंकरप्रसाद चौधरी
५. काठमाडौं ३ (क) छिरिङ...










