चितवन २ मा रवि लामिछाने बिजयी

75

चितवन । संघीय तर्फ चितवन जिल्लाको निर्वाचन क्षेत्र नं. २को मतगणना सकिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जित हासिल गरेका छन् । उनले ४९ हजार २६१ मत ल्याए । उनका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याएका छन् । यसको आधिकारीक घोषणा निर्वाचन आयोगले केही बेरमा गर्दैछ ।