Wednesday, June 17, 2026
Home Blog Page 619
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् ।शनिबार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडानम्बर १...
काठमाडाैँ । मुगु प्रदेशसभा (क) मा नेकपा एमालेका जितबहादुर मल्ल विजयी भएका छन्।मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी भएका हुन्।उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित भए।एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएकाे जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिए।
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् ।पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी...
काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत पाए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् ।उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।सामाजिक सञ्जालमार्फत जनाकारी दिँदै सभापति...
काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।२०७४ सालको निर्वाचनमा ढकालले नै डाक्टर शर्मालाई पराजित गरेका थिए । यो पटक डाक्टर शर्माले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेर बदला लिए । शर्मा नोबेल मेडिकल...
काठमाडौं । ४ मंसिरमा मतदानका क्रममा विवाद भएका तीनवटा जिल्लाको समस्या समाधानका लागि निर्वाचन आयोगले पहल थालेको छ । समस्या समाधानका लागि आयोगले मतदान स्थगित भएको बाजुरामा १० मंसिरमा पुनः मतदान गराउने निर्णय नै गरिसकेको छ भने स्याङ्जा–२ र दोलखामा सुरू हुन नसकेको मतगणनालाई अगाडि बढाउने गरी आयुक्तहरूको नेतृत्वमा अध्ययन अगाडि बढाएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ४...
काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।मतपेटिकामा बढी मत भेटिएपछि स्थगित भएको मतगणना मतपेटिकामा भएका मतपत्र संख्यालाई नै वास्तविक मानेर गणना सुरु गर्न आयोगले निर्देशन दिएको हो।आयोगले भनेको छन्, ‘मतपेटिकामा भएका मतपत्र संख्यालाई नै वास्तविक मतपत्र संख्या मानी मतगणना कार्य सुचारु गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिन निर्णय भएकोले...
पाल्पा । पाल्पा-२ बाट नेकपा एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् । गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्याए ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गेरै ५ हजार १८० मत मात्र ल्याए ।
कैलाली। कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।नेकपा एमालेका उम्मेदवार झपट बहादुर रावललाई १३ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।चौधरीले २१ हजार ८७१ मत पाउँदा एएमालेका रावलले १६ हजार १२८ मत ल्याए ।यस्तै माओवादी केन्द्रका उम्मेदवार भगतबहादुर बढुवालले १५ हजार ११६ मत मात्र ल्याए ।