Sunday, October 18, 2026
Home राजनीति रौतहट-१ बाट माधव नेपाल विजयी

रौतहट-१ बाट माधव नेपाल विजयी

107

काठमाडौं । रौतहट जिल्लाको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका माधवकुमार नेपाल निर्वाचित भएका छन्।
एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल ३३ हजार पाँच सय २२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता पराजित भए। उनले २६ हजार ९ सय २२ मत ल्याएका छन्।
जनमत पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद साहले १४ सय ११ मत ल्याएका छन्।