Monday, June 15, 2026
Home Blog Page 601
बुटवल । लुम्बिनीको प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको छ । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनबाट प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी ६ दल तथा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको उपस्थिति थियो ।यसपटक प्रत्यक्षतर्फ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी,...
काठमाडौँ । कैलालीबाट अवैध लागूऔषधसहित ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाहसहित ४ जना रहेका छन् ।रामपुरबाट खटिएको प्रहरीले कैलारी गाउँपालिका–७ रामपुर  बस्ने रामशरण चौधरीको घरमा तलासी गर्दा ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्राम बरामद गरेको हो ।विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले जारी सूचनामा उल्लेख गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ...
काठमाडौँ । सुपर मादी हाइड्रोपावरले आज मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आज मंसिर २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले ३१ लाख ५० हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो।यसमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार...
काठमाडौं । आगामी शुक्रबार अल नेपाल रिलीजमा आउने फिल्म डेसानको रोमान्टिक गीत आई लभ यू सार्वजनिक गरिएको छ। प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजु थापाको शब्द रचना, हरि लम्सालको संगीत र अजय स्याध्र्तेनको कोरियोग्राफी रहेको गीत युट्युब च्यानल पर्फमिध्र आर्ट क्रिएसनमार्फत दर्शकमाझ ल्याइएको हो।कमल एक्चै मगरद्वारा निर्देशित फिल्मको गीतमा नवअभिनेता तथा अभिनेत्री निशान चौहान र पूनम थापालाई रोमान्टिक मुडमा...
एजेन्सी  । कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । पहिरोबाट ९ जनाको उद्दार गरिएको छ । उत्तरपश्चिम कोलम्बियामा उक्त घटना भएको हो । अविरल वर्षापछि बाढी आएको थियो ।राजधानी बोगाटाबाट २३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको प्युब्लो रिको र सान्ता सेसिलिअबीचको गाउँमा  बस पुरिएको थियो ।गृहमन्त्री अल्फोन्सो प्राडाले सोमबार पत्रकारहरूलाई भने, ‘हामीले तीन शिशुसहित ३३...
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए ।उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए। 
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।हाल मौसमको अवस्था (Present Weather Status) देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।२०७९ मंसिर २० गते (मंगलबार) दिउँसो: प्रदेश १ र गण्डकी...
काठमाडौं । फ्रान्सका स्टार किलियन एमबाप्पेले आफ्नो लक्ष्य व्यक्तिगत उपलब्धि भन्दा पनि विश्वकप जित्नु रहेको बताएका छन् ।कतारमा जारी विश्वकप अन्तर्गत आइतबार पोल्याण्डलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्दा एमबाप्पेले दुई गोल गरेका थिए ।कतारमा उनी ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा समेत शीर्ष स्थानमा छन् । अल थुमामा स्टेडियममा भएको खेलमा एमबाप्पेले ओलिभर जिरुडको गोलका लागि असिस्ट...
काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सत्तागठबन्धनमा आबद्ध दलका नेताहरुको यो पहिलो बैठक हो ।बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।त्यसैगरी बैठकमा राष्ट्रिय जनमाेर्चाकी नेतृ दुर्गा पाैडेलसहित कांग्रेस नेताहरू रामचन्द्र पाैडेल, पूर्णबहादुर खड्का र कृष्ण सिटौला, एकीकृत समाजवादीका वेदुराम...
बारा । गत मंसिर १५ गते दुर्घटनामा परेर घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका ५ का ३५ वर्षीय विजयी माझीको गत मंसिर १५ गते उपचारका क्रममा मृत्यु भएपछि आफन्तले आज जितपुरसिमराको सडक अवरोध गर्दै प्रदर्शन गरेका छन्।न्युरो अस्पताल विरगजमा मंसिर १५ गते साझ करिब ५ बजेतिर उनको मृत्यु भएको हो। पथलैया निजगढ सडक खण्डमा दाउरा लिएर आउने क्रममा हाल सम्म...