Wednesday, June 10, 2026
Home Blog Page 557
काठमाडौँ । बैङ्कले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरूले आन्दोलन स्थगित गरेका हुन् ।सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यवसायीलाई वार्तामा बोलाएका थिए । अर्थमन्त्रीले वार्तामा बोलाएपछि आन्दोलन स्थगित गरेको मोरङ व्यापार सङ्घ का अध्यक्ष नवीन रिजालले बताए । सरकारले माग...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत कात्तिक १४ गते सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो । अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दा...
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरू दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताएका छन् । नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले बताएका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकपछि दाहालले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको...
बझाङ । बझाङको छविसपाथीभेरा गाउँपालिका-५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।सोमबार राति करिब ८ बजे से २ त २३४३ ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा-५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । अवस्थीका अनुसार उनीहरुको घटनास्थलमै ज्यान गएको हो ।ट्याक्टरमा झोलुंगे पुलका सामान थिए । तर ट्याक्टर उकालो...
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख सात सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई सय छ । यसको मूल्य अघिल्लो दिन...
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिइएको छ । सोमबार साँझ बसेको पहिलो मन्त्रिपरिषद्ले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिए पनि उनले उक्त प्रस्ताव नमानेपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने/गाभिने -मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुई संस्थाबीच ११ पुस सोमबारको दिन मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएको स्रोतले जनाएको छ । मर्जरपछि भन्ने लघुवित्तको नाम मेरुडे मिर्मिरे...
काठमाडौं । चलचित्र विकास बोर्डले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ । सोमबारको बोर्ड बैठकले रिलिजको चार दिनअघि नै सिफारिस लिनुपर्ने निर्णय गरेको हो ।प्रदर्शक संस्था चलचित्र संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै विरोधमा उत्रिएको बेला भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सेन्सरको नियममा लचिलो बन्ने निर्णय गरेको हो ।राती ११ बजेपछि फिल्म प्रदर्शन...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मङ्लबार रातो आलु ४७ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो । कन्य च्याउ प्रतिकेजी १३६ रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३७६ रुपैयाँ रहेको छ । ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी...