Wednesday, June 10, 2026
Home Blog Page 558
माेरङ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि तीन वटै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताएका छन्।माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रमुख कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी सङ्घसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचबिखन रोकिने धारणा राखे।महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाबीच पनि समन्वय जरुरी...
काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ४.७२ अंकले उकाले लागेको छ । यससँगै सूचक १९२८.८१ विन्दुमा आएको छ ।  ४१ कम्पनीको कुल ९ हजार ८७२ कित्ता सेयर खरिदबिक्री भएको र ३५ लाख २८ हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३३ कम्पनीमा उकालो लागेको छ भने जम्मा एकको मूल्य घटेको र ७ कम्पनी स्थिर रहेको छ । सुरुवाती चरणमा नै सिद्धार्थ बैंक...
काठमाडौँ । कोरोना भाइरसका कारण चिनियाँतर्फबाट बन्द भएको रसुवागढी नाका आजदेखि सञ्चालनमा आउने भएको छ।चीनको स्वशासित क्षेत्र तिब्बतमा लकडाउन हुँदा बन्द भएको रसुवागढी नाका मङ्गलवार बिहानबाट खुलेको छ । नाका खुलेसँगै केरुङमा रोकिएको व्यापारीका सामान आयात निर्यात भएको रसुवा भन्सार कार्यालयले बताएको छ ।चीनको तिब्बत क्षेत्रमा कोरोना भाइरस जोखिम बढेको भन्दै गत साउन २५ गतेदेखि बन्द भएको रसुवागढी नाका...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन्। आफूलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाका पिता तथा बहिनी ज्वाइ तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन ओली झापा जान लागेका हुन्।श्रद्धाञ्जली दिनका लागि ओली झापाको बिर्तामोड-७ गरामनीमा पुग्ने एमाले जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए।
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ योजनामा एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिए ।गाउँसभाले बृहत् घोप्टेखोला र बृहत् चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा बेहोर्नुपर्ने कुल लागतको एक प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णयसमेत...
काठमाडौँ । अर्को व्यवस्था नहुञ्जेलसम्मको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैंकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका छन् ।बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो ।बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अब बन्द कोठामा कुनै काम नहुने बताएका छन् ।  निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि बन्द कोठामा बसेर बजेटमा करको दर हेरफेर गरेको आरोप लागेको हुनाले  ‘म पारदर्शितामा विश्वास गर्छु, बन्द कोठामा कुनै काम हुने छैन’ भनेका हुन् ।उनले टुंडिखेल शब्द निकाल्दै सबै काम खुला रुपमा गर्न कर्मचारीलाई समेत निर्देशन दिए ।अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उनले...
काठमाडौं । कोरोना संक्रमणको नयाँ लहर बढिरहे पनि चीनले विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउने भएको छ । आगामी ८ जनवरीदेखि चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्नुपर्ने छैन ।सन् २०२०को मार्च महिनायता चीन जाने सबै विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम थियो । यद्यपि क्वारेन्टिमा बस्नुपर्ने अवधि सुरुमा तीन हप्ता रहे पनि त्यसलाई घटाउँदै पाँच दिनमा कायम गरिएको थियो ।...
काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन्।४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले प्रत्यक्षतर्फ एक सिट जितेको छ। समानुपातिकतर्फ पाँच सिट जितेको राउतको पार्टीसँग ६ सिट रहेको छ। राउतको पार्टीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ।सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर–डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन्।...
बुटवल । केन्द्रको सत्ता समीकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी गर्दै आन्तरिक तयारी थालेका छन् ।दुवै दलले दाबी गरे पनि सत्ता गठबन्धनका दलहरुबीच हुने भागबन्डाले मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले पाउने भन्ने टुंगो लाग्ने छ ।माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले मुख्यमन्त्रीमा माओवादीको पनि दाबी...