काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ । मतदान दिउँसो दुई बजेका लागि निर्धारण गरिएको छ ।संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँ उम्मेदवार छन् । उनीहरु दुवै संस्थापन पक्षका हुन् ।बानियाँ अघिल्लो पटक पनि दलको नेता थिए । अघिल्लो पटक संघीय संसदमा समानुपातिकबाट सांसद बनेका लामा यसपटक...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)लाई पनि सरकारमा समेट्ने प्रयास थालेका छन् । यसका लागि प्रचण्डले आज एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।ललितपुरस्थित प्रचण्डको एक नातेदारको निवासमा भएको भेटमा नेपाल र यादवको पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद विस्तारबारे छलफल भएको स्रोतले बतायो ।आफूहरुसँगको गबठन्धन...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
देशको प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु/कुहिरो लागेको छ...
चितवन । नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन्। चितवन राष्ट्रिय निकुञ्जमा खोरमा पाँच वटा बाघ छन्।निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो। कसरामा बाँकेबाट दुई वर्षअघि ल्याएको एउटा बाघ छ।तिवारीले पश्चिम चितवनको मेघौलीमा...
काठमाडौं । नयाँ सरकार आएसंगै गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ। मंगलबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै मातहत सुरक्षा निकायलाई निर्देशन दिइएका हुन्।विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन उक्त कार्यविधि जारी गरी कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ।
‘उक्त...
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौँले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ ।
अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको थियो ।
काठमाडाँै उपत्यकासहित देशका...
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष कल्याणगोविन्द श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।श्रेष्ठले यसअघि नै कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका छन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ ।संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । तत्कालीन प्रधानमन्त्री...
काठमाडौँ । रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टारले लगातार तेस्रो जित निकालेको छ । पोखराको यो लगातार तेस्रो हार हो ।मङ्गलवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीलाई जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक हुँदा स्ट्राइकमा...
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट नराखेका ५२ वटा, लिडारगन १६०, रेड लाइट उल्लंघन गर्ने...










