Wednesday, October 21, 2026
Home अर्थ यस्तो छ तरकारी/फलफूलको मूल्य

यस्तो छ तरकारी/फलफूलको मूल्य

40

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मङ्लबार रातो आलु ४७ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो । 

कन्य च्याउ प्रतिकेजी १३६ रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३७६ रुपैयाँ रहेको छ । ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३५ रुपैयाँ, गान्टे मुला ६५ रुपैयाँ रहेको छ ।

यस्तैगरि तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी १०५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ, तिते करेला ११६ रुपैयाँ ६७ पैसा, प्याज सुकेको ४९ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, नेपाली सुकेको लसुन १०६ रुपैयाँ ६७ पैसा, हरियो धनियाँ ६० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।