लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए शपथ

63

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गिरीलाई शपथग्रहण गराएका हुन्। दिउँसो १ बजे पद तथा गोपनीयताको शपथग्रहणको समय तोकिएको थियो।

मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो नलाग्दा मुख्यमन्त्री गिरीको शपथग्रहण ढिला गरी भएको हो।