काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय १८ सहकारी संस्थामाथि वचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन् । उक्त उजुरी सङ्ख्या चालु आर्थिक वर्षको हालसम्मको हो ।गत आर्थिक वर्षभरिमा जम्मा ६० उजुरी परेका भए पनि चालु आर्थिक वर्षको छ महिनाको अवधिमा अघिल्लो वर्षभन्दा दोब्बर उजुरी परेको विभागका प्रमुख पोखरेलले जानकारी दिनुभयो । प्रमुख पोखरेलका अनुसार,...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरको चेकमा अनधिकृत संरचना भत्काएको छ । महानगर र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा संरचना भत्काइएको हो ।
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । मन्त्रालयले १६ जना उपसचिवको सरुवा गरेको छ ।प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका झनक कुमार खत्रीलाई रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगका कपिल प्रसाद उपाध्याय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भुवन...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७९-०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैङ्कले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको हो । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ ।यस्तै आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको बैङ्कले जनाएको...
काठमाडौं । नेकपा एकीकृत समाजवादी मा प्रवेश गरेका वामपन्थी नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिष्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताएका छन्। एकीकृत समाजवादीमा प्रवेशका लागि आयोजित कार्यक्रममा सम्बोधन गर्दै भुसालले एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गरे।‘एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत एकीकृत समाजवादीसँगै छ।...
काठमाडौ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । बलात्कार आरोप लागेका यनलाई उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर थुनामुक्त भएका हुन् ।लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेका अनुसार...
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले क्रसर उद्योगमा देखिएको समस्या समाधानका लागि छलफल भइरहेको जनाउँदै चाँडै निकास खोजिने बताए । सरकारले क्रसर सञ्चालनका लागि नयाँ मापदण्ड बनाउने जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले गुणस्तरीय निर्माण सामग्री उत्पादन भएमात्र गुणस्तरीय निर्माण हुने बताए ।नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले आज मन्त्री श्रेष्ठलाई भेटी नदी तथा खानीजन्य निर्माण सामग्रीको...
मकवानपुर । बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित हुनुभएको छ । प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्नुभएका पाठक सभामुख पदमा निर्वाचित हुनुभएको हो । उहाँले ६२ मत प्राप्त गर्नुभएको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका शिवराज अधिकारीले ३६ मत प्राप्त गर्नुभएको थियो भने नेपाल मजदुर किसान...
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख तीन हजार नौ सय रुपैयाँ तोकिएको छ । उक्त सुन बिहीबार प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य प्रतितोला...
काठमाडौँ । उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले खाल्डाखुल्डी भएका ठाउँमा तत्काल मर्मत गरिने र अन्य समस्याका कारण मर्मत गर्न नसकिने ठाउँमा सम्बन्धित निकायसँग समन्वयमा मर्मत गरिने बताएका छन् । काठमाडौँ उपत्यकाका विभिन्न सडकको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले खानेपानीको पाइप बनाउनुपर्ने, ढल निर्माण गर्नुपर्ने वा अहिले जमिनमुनि तार बिछाइरहेका ठाउँमा ती काम सकिएपछि मात्रै सडक...










