Home Blog Page 511
काठमाडौं । यही माघ १ गते काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याएर परीक्षण गर्न थालिएको छ ।नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौं ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ ।मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि आज बिहानैदेखि...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु-भागमा...
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् ।मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका छन् । प्रदेश सभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिए । ११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहे ।जम्कट्टेलले प्रदेशसभाको सबैभन्दा ठूलो...
ढाका । बिरामी बोकेर बङ्गलादेशका राजधानी ढाकातर्फ आइरहेको एम्बुलेन्स शरियतपुर जिल्लामा मंगलबार बिहान ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा चालकसहित छ जनाको ज्यान गएको छ। विपरीत दिशाबाट प्राकृतिक ग्यास बोकेर आएको ट्रकमा ठोक्किएर उक्त दुर्घटना भएको उद्धारकर्मीले बताएका छन्।एम्बुलेन्समा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको हो। बाक्लो हुस्सुका कारण दुर्घटना भएको अनुमान गरिएको छ।एम्बुलेन्सबाट शव निकाल्न घण्टौँ...
काठमाडौं । मन्त्रालय भागवण्डा जनमत पार्टीले असन्तुष्टि जनाएको छ । मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको थियो ।खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् । पार्टीसँग छलफल नगरी मन्त्रालयको बाँडफाँड गरिएको प्रति आफ्नो दलको असहमति रहेको खानले बताए ।‘प्रधानमन्त्रीसँग भएको सहमति अनुसार भएन । हाम्रो चाहना अनुसारको मन्त्रालय पनि भएन’, खानले...
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको बर्तमान सरकारको मन्त्री परिषद दोस्रो पटक बिस्तार भएको छ ।नेकपा एमालेः विष्णु पौडेल, उपप्रधान तथा अर्थ मन्त्री विमला राई पौडेल, परराष्ट्रमन्त्री पदम गिरी, स्वास्थ्य मन्त्री भगवती चौधरी, महिला बालबालिका हरि उप्रेती, रक्षामाओवादीः नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा भौतिक योजना मन्त्री रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री सुदन किराती, संस्कृति तथा पर्यटन अमनलाल मोदी, सामान्य प्रशासनरास्वपाः रवि लामिछाने, उपप्रधान...
काठमाडौँ । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ४६ जनाको शव काठमाडौँ ल्याइएको छ । पोखरामा पोस्टमार्टम हुन नसकेका ४६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।२४ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ । कतिपय...
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरकारमा गएका उपप्रधानमन्त्रीसहित मन्त्रीहरू पशुपतिनाथको मन्दिर गर्न गएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए लगत्तै उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसहित पार्टीका सबै मन्त्रीहरू मन्दिरतर्फ लागेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।पशुपतिनाथको मन्दिर दर्शन गरेपछि मात्रै पद बहालीका लागि सिंहदरवार जाने कार्यक्रम रहेको उनले बताए।राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला...
काठमाडौँ । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।हेटौँडामा मंगलबार बिहान बसेको कांग्रेसको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिन कांग्रेसको बागमती प्रदेश संसदीय दललाई निर्देशन पनि दिएको छ ।कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको कांग्रेस बागमती...
काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौँ ल्याइएको छ ।नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौँ आउने क्रममा छ । दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको...