Thursday, September 24, 2026
Home राजनीति मन्त्रीहरू पद बहालीअघि पशुपतितिर

मन्त्रीहरू पद बहालीअघि पशुपतितिर

47

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरकारमा गएका उपप्रधानमन्त्रीसहित मन्त्रीहरू पशुपतिनाथको मन्दिर गर्न गएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए लगत्तै उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसहित पार्टीका सबै मन्त्रीहरू मन्दिरतर्फ लागेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

पशुपतिनाथको मन्दिर दर्शन गरेपछि मात्रै पद बहालीका लागि सिंहदरवार जाने कार्यक्रम रहेको उनले बताए।

राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री भएका छन्।