काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु १ लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु १ सयले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ सय छ...
काठमाडौं । देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो ।उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।टेलिकमले अहिलेसम्म सेवा...
काठमाडौं । मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् । माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र...
काठमाडौं । नेकपा एमालेको कोटाबाट रक्षा मन्त्रीको जिम्मेवारी पाउदै गरेका हरि प्रसाद उप्रेती नायक निखिल उप्रेतीका दाई हुन् । सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित उनी एमालेबाट महत्वपूर्ण मन्त्रालय पाउने भाग्यमानी सांसद भएका छन् । उनी पहिलो पटक संघीय सरकारको देशको रक्षा मन्त्री बन्ने भएका हुन् । यो मन्त्रालय नेपालीसंग समेत सम्बन्धीत रहेको छ ।
काठमाडौँ । नेकपा (एमाले)ले सत्ता साझेदार दलमा भएको भागबण्डा अनुसार एमालेले आठ मन्त्री पाउने छ । उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका बिष्णु पौडेल बाहेक सबै नयाँ अनुहार हुन् ।१.उपप्रधान तथा अर्थ मन्त्रीः बिष्णु पौडेल
२.भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीः राजेन्द्र राई
३. कृषि तथा पशुपन्छी विकास मन्त्रीः ज्वाला साह
४. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीः दामोदर भण्डारी
५.परराष्ट्र...
-हेमराज ढकालकाठमाडौं । दक्षिण एशियाली पत्रकारहरुको साझा संस्था सार्क पत्रकार मञ्च (एसजेएफ) को भारतमा सम्पन्न ‘राष्ट्र निर्माणमा पत्रकारको भूमिका’ विषयक दुईदिने सञ्चार सम्मेलनले सात बुँदे दिल्ली घोषणापत्र जारी गरेको छ ।भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयको सहकार्यमा यही जनवरी ११ र १२ मा सम्पन्न सम्मेलनले पत्रकारिता तथा आमसञ्चारका मूल्य—मान्यता, आचारसंहिता र सिद्धान्तको सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रवाहित हुने सबै सन्देशलाई...
काठमाडौं । नेकपा माओवादी केन्द्रले सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनाउने भएको छ ।सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादी केन्द्रलाई चार मन्त्री र एक राज्यमन्त्री परेको थियो । नारायणकाजी श्रेष्ठ उप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएकी छन् ।यस्तै सुदन किराँती पर्यटन तथा...
काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई-१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा निधन भएका बाँकी २३ को शव भने पाखेरामा परीक्षणपछि आफन्तलाई बुझाइनेछ ।महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शव लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री हुने भएका छन् । यस्तै राप्रपाबाटै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र विक्रम पाण्डे शहरी विकास मन्त्री हुने भएका छन् ।राप्रपाले सरकारलाई समर्थन गरे पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लगाएको थिएन । अध्यक्ष लिङ्देनले आफूले चाहेको मन्त्रालय प्राप्त...
धनगढी । तेस्रो पटक भएको मतदानबाट सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन् । माओवादी केन्द्रका भण्डारी मंगलबार बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् ।कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा भने २३ मत परेको थियो ।यसअघि रावललाई सभामुख...










