Friday, October 2, 2026
Home मनोरन्जन नवीन र मिलनको सुमधुर आवाज एकसाथ

नवीन र मिलनको सुमधुर आवाज एकसाथ

182

काठमाडौं । गायक नवीन कार्की र गायीका मिलन नेवारको स्वरमा रहेको गीत पानी मीठो कुवाको नानी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कार्की र नेवारको स्वरले सजिएको ‘पानी मीठो कुवाको नानी’ गीतको म्युजिक भिडियोमा सफल बस्नेत र जेनेलिया श्रेष्ठले अभिनय रहेको छ । गीतकार भोला पौडेलको हुन् । गीतको म्युजिक भिडियो डाइरेक्टमा सन्तोष राजवाहक छन् । रिमेश कुमार थापाद्वारा सङ्गीतवद्द उक्त गीतको छाँयाकार उत्सव दाहाल हुन् । वोएसआर डिजिटल युट्युव च्यानलबाट अनामनगर सिलौटो क्याफेमा एकसमारोह बिच सार्वजनिक गरिएको थियो ।

नवीनको दुइ दशक लामो सांगीतिक यात्रा
यसभन्दा अगाडि ‘सागरले मोति पायो, बत्तीले ज्योति पायो लगायत चर्चित र कर्णप्रिय गीत गायका कार्की नामले मात्र होइन स्वरको जादुयी आकर्षण र पनि नवीन छन् । यद्दपि गायक कार्कीको गीत सङ्गीतको यात्रा २०५२को स्टेज प्रोग्रामबाट आरम्भ भएको थियो । २०५४ मा लोक गीत ‘लाउ माया चुनेर’ रेकर्ड गर्दै २०५६ मा आधुनिक गीत गाएर हालसम्म दुई दर्जन गीतहरू ‘कुवाको पानी उघाई खाएँ’, ‘जलुकी पातैमा’, ’महलमा राज होला तिम्रो’, ‘मान्छे होस् इमान्दार लगायत गीतले लोकप्रियता हाँसिल गरेर म्युजिक अवार्डले समेत सम्मानित भइसकेका छन् ।

म्युजिक भिडियोमा कम समयमा धेरै आकर्षण पाएका कार्की आफ्ना गीत र साधनालाई दर्शक स्रोताले रूचाएको कारण नै निरन्तर गीत संगीतमा साधनारत छु भन्छन् । अब छिट्टै एल्बम नवीन-२ निकाल्न लागेको जानकारी दिंदै कार्कीले आफ्नो गीतसंगीतको लगावले जीवन पर्यन्त नछोड्ने बताउँछन् ।

म्युजिक भिडियो हेर्नुहोस्