आजबाट ‘सरी मम’ प्रदर्शनमा

65

काठमाडौँ । चलचित्र ‘सरी मम’आजबाट प्रदर्शनमा आएको छ ।

लागूऔषध दुर्व्यसनी विरुद्धको कथामा बनेको चलचित्र पहिलो चरणमा उपत्यका अन्तर्गतका हलहरूमा मात्रै लाग्ने र त्यसपछि प्रदेश लक्षित गरेर सातै प्रदेशमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

नवीन बोगटीले निर्देशन गरेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईँ, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ ।

चलचित्रको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन् । दिर्घ गुरुङले छायाङ्कन गरेको चलचित्रलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् ।

लागूऔषध दुर्व्यसनविरुद्धको कथामा तयार भएको चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई आकर्षण गर्ने अपेक्षा चलचित्रले राखेको छ ।