Home Blog Page 507
काठमाडौं । हाम्रो देश नेपालको अर्थतन्त्र रेमिट्यान्सले नै धानेको छ ।राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स बढ्नुको प्रमुख कारण वैदेशिक रोजगारमा गएका नेपालीको संख्या बढ्नु हो । यो गत सालको यहीं ५ महिनाको तुलनामा अहिले २३ प्रतिशतले रेमिट्यान्स बढेको हो ।चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै...
दाङ । नव नियुक्त लुम्बिनी प्रदेशका  मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत पाएका छन् । बिहिवार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।मुख्यमन्त्री गिरिले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका र स्वतन्त्र गरि ५७ मत प्राप्त गरेका हुन् ।...
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ५.७१ अंकले बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको बजार अन्तिममा बढेको हो । सेयर बजार २१७८.८१ बिन्दुमा पुगेर रोकिएको हो । यो ०.२६ प्रतिशतको वृद्धि हो । बिहीबार उपसूचकहरुमा समेत मिश्रित नतिजा देखिएको छ ।बैकिङ, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो भने...
ललितपुर । बागमती नदीमा कार खस्दा बेपत्ता भएका पुरूषको शव तीन फेला परेको छ। चोभारको पुलबाट बिहीबार दिउँसो कार दुर्घटनास्थल भन्दा अन्दाजी सय मिटर तल पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। कारमा दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल बस्ने ४७ वर्षीय राजकुमार खत्री र उनकी श्रीमती अम्बिका लामिछाने खत्री सवार थिए।अहिले शवलाई पानीबाट...
काठमाडौं । माघ ७ गते पर्सी शनिबार उपसभामुख चयनका लागि निर्वाचन हुने भएको छ। ज्येष्ठ सदस्य पशुपतिशम्मेर जबराले शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने र उक्त बैठकमा उपसभामुख चयन गरिने बताए। बिहीबार बसेको प्रतिनिधि सभा बैठकले नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुख चयन गरेको छ। नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने भने पराजित भइन्। उपसभामुखको निर्वाचन कार्यतालिका पनि प्रकाशित गर्न...
काठमाडौं । प्रतिनिधिसको सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरे झापा–२ बाट निर्वाचित भएका हुन् ।घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले,...
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफूलाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गरेको छ ।प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबभन्दा ठूलो पार्टी आफ्नो दल भएको बताए । उनले अघि भने, कानुनी व्यवस्था अनुसार प्रमुख प्रतिपक्षी पार्टी नेमकिपा हो ।’संघीय...
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् ।प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्यौल गरेर मात्र बैठक चलाउन माग गरेका थिए ।सभामुखले यसबारे कुनै रुलिङ गरेनन् । तर सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रुपमा संसदलाई सम्बोधन...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न सरकारसँग माग गरेको छ ।प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकको प्रारम्भमै समय माग गर्दै सभामुखमार्फत सो माग गरेको हुन् ।उनले मुलुकमा ठुलो पीडा भएको यस घटनाका सम्बन्धमा सरकारका तर्फबाट उक्त विषयमा भनाई प्रस्तुत हुने अपेक्षा गरे । नेता लेखकले...
काठमाडौँ । हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएपछि काँग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।काँग्रेसका सांसद रामहरि खतिवडाले सभामुखलाई प्रश्न गर्दै भने, ‘हत्याको अभियोग लागेको सांसद यहाँ हुनुहुन्छ भन्ने सुनियो हामी त चिन्दैनौँ तर गृहमन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ । उहाँको मतदान प्रक्रिया रोकियोस् ।’