Tuesday, September 22, 2026
Home अन्तर्राष्ट्रिय सेना प्रमुख जुलियो सेजार दे आरुदा बर्खास्त

सेना प्रमुख जुलियो सेजार दे आरुदा बर्खास्त

64

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुला इनासियो दा सिल्भाले सेना प्रमुख जुलियो सेजार दे आरुदालाई बर्खास्त गरेका छन्। दुई हप्ता अघि ब्राजिलको राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत लगायतका सरकारी भवनमा हजारौंको संख्यामा दक्षिणपन्थी प्रदर्शनकारीहरुले गरेको तोडफोड रोक्न सुरक्षा सयंन्त्र चुकेको उनको भनाइ छ।

लुलाले सैन्य बल प्रदर्शनकारीहरुको पक्षमा रहेको आशंका गरेका छन् भने दर्जनौं सैनिक अधिकृतहरुलाई बर्खास्त गरेका छन्। राजप्रसाद, कंग्रेस र सर्वोच्च अदालतका भवनहरुमा क्षति पुगेको र त्यस बखत दुई हजार व्यक्तिलाई हिरासतमा लिएको थियो। सर्वोच्च अदालतले यसबारे छानबिन गर्ने र पूर्व राष्ट्रपति जयर बोल्सोनारोलाई दंगा उक्साएकोमा अनुसन्धान गर्ने भनिएको छ।