विद्युत् प्राधिकरणको गोदाममा आगलागी

49

काठमाडौँ । हेटौँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको गोदाममा गए राति आगलागी हुँदा सामानहरू जलेर नष्ट भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरव रोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गोदाममा गए राति आगलागी भएको हो।

गोदाममा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि निभाएको थियो। गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट प्राधिकरणका धेरै सामान जलेर नष्ट भएको प्राधिकरणले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।