काठमाडौ । गायिका नितु पौडेलको मृत्यु भएको छ । उनको मृत्युपछि प्रहरीले संगीतकार बाबुल गिरिलाई पक्राउ गरेको छ । आत्महत्या दुरूत्साहन मुद्दामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।नितुको उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो। नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक गिरीको...
काठमाडौं । नेपाल नर्सिङ संघले आह्वान गरेअनुरुप नर्सहरूले कालोपट्टी बाँधेर काम गर्न थालेका छन्। संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मागपत्र पेश गर्दै तोकिएको समयभित्र माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। नेपाल नर्सिङ संघका अनुसार, मन्त्रालयले असोज २ गते माग सम्बोधनका लागि कार्यदल गठन गरे पनि अहिलेसम्म ठोस कार्यान्वयन नभएकाले आन्दोलन अपरिहार्य बनेको हो। संघको...
काठमाडौं । भाइटीकाको दिन भोली बिहीबारदेखि प्रदर्शन हुन लागेका दुई फिल्म ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’को अग्रिम टिकट बिक्री सुरू भएको छ । दशैंदेखिका नेपाली र विदेशी फिल्महरू हलमा अझै प्रदर्शन भइरहेकाले भाइटीकाका दुई फिल्मले अपेक्षित शो भने पाउन सकेका छैनन् । मंगलबार साँझ ८ बजेसम्म दुई फिल्मले देशव्यापी कुल १२३ शो प्राप्त गरेको खल्ती एपमा देखिन्छ ।
शो संख्यामा...
काठमाडौं । काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रा.लि.द्वारा आयोजना गरिएको इनडोर सुपर लिग सफलतापूर्वक सम्पन्न भएको छ। रोमाञ्चक फाइनल खेलमा अनमोल पायोनियर्सले माया हेटौंडा रोयल्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा जम्मा ८ टिमको सहभागिता रहेको थियो। प्लेअफ चरणमा माया हेटौंडा रोयल्स, अनमोल पायोनियर्स, मिक्समाण्डु, र अल स्टार्ज पुग्न सफल भएका थिए। फाइनल खेलमा अनमोल पायोनियर्सले टस जितेर पहिला...
काठमाडौं । सामाजिक संस्था औद्योगिक शान्ति नेपाल संस्थाले चर्चित गायक प्रमोद खरेल सहितको “प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड”को कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रम बीच औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत र गायक प्रमोद खरेलबिच एक बर्षका लागी सम्झौता गरिएको हो ।अध्यक्ष महत र ब्याण्डका प्रमुख भोकलिस्ट खरेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता...
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीका लगाउन शुभ साइत रहेको छ। समितिका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्त शुभ रहेको छ।यो दिन सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, तिहार विशेष मौसम बुलेटिन अनुसार तिहारको मौसम यस्तो हुनेछ । यस वर्ष तिहारको समयमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव नरहेता पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली सम्म हुन सक्ने तथा पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू-भागमा हल्का वर्षा/हिमपात को...
भक्तपुर । क्वालिटी अंग्रेजी माध्यमिक बिद्यालयले शैक्षिक बर्ष २०८१ बाट बालबालिकाहरुमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले सुरुवात गरेको QESS Single Dance Championship को दोस्रो संस्करण Season II सम्पन्न गरेको छ। सिनियर समुह अन्तर्गत कक्षा ६ देखि कक्षा ९ सम्मका २० जना र जुनियर अन्तर्गत कक्षा १ देखि कक्षा ५ सम्मका २५ जना बिद्यार्थीहरु सहभागी भएका यस कार्यक्रममा दुवै समुहबाट...
भक्तपुर । इष्ट पोइण्ट एकेडेमीमा देउसी भैलो तथा एसईई सम्मान कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर-१०, कमलविनायक मुलढोकास्थित इष्ट पोइण्ट एकेडेमी वृहत सांस्कृतिक कार्यक्रमका साथ उक्त कार्यक्रम सम्पन्न भएका हो । सो अवसरमा प्रार्चाय रमेशचन्द्र श्रेष्ठले विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्नु नै विद्यालयको मुख्य उद्देश्य भएको बताउनु भएको छ । 'हाम्रो विद्यालयमा अध्ययन गरेरका धेरै भाईबहिनीहरुले...
काठमाडौं । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाका क्षेत्रमा जुनार बगैँचामा रोगका कारण समस्या भएको छ । बोटमा लटरम्म फलेका जुनारका फल कुहिएर भुइँमा झर्न थालेपछि किसान चिन्तित बनेका छन् । जुनार फल तल्लो भागबाट कुहिन सुरु भएको र कुहिएको फल भुइँमा झरेको पाइएको गोलञ्जोर कृषि विकास शाखाका जानकारी दिएको छ । उनका अनुसार बोटको तल्लो भागमा रहेका फल बढी कुहिएर...










