काठमाडौँ : पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। बिहानैदेखि वर्षा हुँदा जनजीवन केही प्रभावित भएको छ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरियाको उच्च सम्मान ‘ग्रान्ड अर्डर अफ मुगुन्घ्वा’ पाउने पहिलो अमेरिकी नेता बनेका छन् । कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि उनलाई यो सम्मान दिइएको हो ।‘म यो तत्कालै पहिरिन चाहन्छु,’ दक्षिण कोरियाली राष्ट्रपति ली जेई–मायुङले पदक प्रदान गर्नासाथ ट्रम्पलाई भनेका छन् । दक्षिण कोरियाको जियोन्जु सहरमा आयोजित एसिया तथा प्रशान्त...
१२ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ ।अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन नयाँदिल्लीमा रहेका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो ।विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीच ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन...
काठमाडौं । मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि उनीहरूको स्वास्थ्योपचारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ । बुधबार बिहानैदेखि सशस्त्रको टोलीले मुक्तिनाथ मन्दिर प्रवेशद्वारमा स्वास्थ्य शिविर सञ्चालन गरी करिब दुई सय ५० जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी बल, नेपाल नं...
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई संकेत गर्दै पार्टी छोडेर जान चुनौती दिएका छन् ।बुधबार पार्टी केन्द्रीय समितिको बैठकमा उनले एमालेविरुद्ध विद्रोहको औचित्य थिएन भन्ने नेताहरूलाई केपी ओलीका सामू लम्पसार तयार भएको टिप्पणी गरेका हुन् ।पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन नसककेको भन्दै प्रश्न उठाइरहेका थिए...
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिक सत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ। त्रिविले यसै शैक्षिक सत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ मङ्गलबार सार्वजनिक गरेको हो। त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले त्रिविको प्राज्ञिक परिषद्बाट निर्णय गरेर नै ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरिएको जानकारी दिए।...
काठमाडौं : संसद् विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि सुनुवाइ गर्न आजै संवैधानिक इजलास गठन भएको छ। जेनजी आन्दाेलनपछि बनेकाे अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हाे, जसमाथि बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएकाे हाे।...
भक्तपुर । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन मंगलबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना...
काठमाडौं । सरकारले धेरै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु(सिडिओ)को सरुवा गरेको छ । आइतबार गृहमन्त्रालयले ३६ जना सहसचिवको सरुवा गरेको हो । त्योसँगै ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर भएका छन् । भक्तपुरमा उमेशकुमार ढकाललाई सरुवा गरिएको छ भने पूर्व सीडीओ नमराज घिमिरे राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा गएका छन्।जस अनुसार रुपन्देहीका टोकराज पाण्डे लमजुङ, कैलालीका कृष्णप्रसाद लम्साल नवलपरासी,...
-बिमला चन्द "सानू"नियालेर हेरेँ अधर त्यो हजुरको ,
कहाँ ! गढ्न थाल्यो नजर त्यो हजुरको ।फिका रैछ सारै झुक्यायो चमकले,
नजरमा बस्यो है असर त्यो हजुरको ।भुलौँला कहाँ त्यो छहारी बिसौनी,
बनेको छ प्यारो सहर त्यो हजुरको ।
...









