संगीतकार गिरी पक्राउ

19

काठमाडौ । गायिका नितु पौडेलको मृत्यु भएको छ । उनको मृत्युपछि प्रहरीले संगीतकार बाबुल गिरिलाई पक्राउ गरेको छ । आत्महत्या दुरूत्साहन मुद्दामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

नितुको उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो। नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा रहेकी उनको मृत्यु भएको थियो।