बोटमै कुहिन थाले जुनार

12

काठमाडौं । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाका क्षेत्रमा जुनार बगैँचामा रोगका कारण समस्या भएको छ । बोटमा लटरम्म फलेका जुनारका फल कुहिएर भुइँमा झर्न थालेपछि किसान चिन्तित बनेका छन् । जुनार फल तल्लो भागबाट कुहिन सुरु भएको र कुहिएको फल भुइँमा झरेको पाइएको गोलञ्जोर कृषि विकास शाखाका जानकारी दिएको छ । उनका अनुसार बोटको तल्लो भागमा रहेका फल बढी कुहिएर झरेको देखिएको छ । अवलोकन गरिएका स्थानमध्ये आलेगाउँ क्षेत्रमा रोगको प्रकोप सबैभन्दा बढी देखिएको छ ।
कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको तथ्याङ्कअनुसार जिल्लामा एक हजार ३१८ हेक्टरभन्दा बढीमा जुनार र सुन्तलाखेती हुँदै आएको । त्यसमध्ये ७९४ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएका बोटले उत्पादन दिइरहेका छन् । जिल्लामा बर्सेनि रु ५२ करोड बराबरको जुनार र सुन्तला बिक्री हुने गरेको बताइन्छ । जुनारमा देखिने रोग नियन्त्रण गर्न सरकारी तबरबाट प्रयास नै नभएको होइन, तर हाल भएका प्रयास र जुनार प्रवर्द्धनका लागि आवश्यक व्यवस्थापन अपुग भएको स्थानीय जुनार किसान बताउँछन् ।