काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जाएको छ ।नेपाली बजारमा यसअघि सुनको मूल्य तोलामा १ लाख ६...
काठमाडौँ । क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर क्लब साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । रोनाल्डोको आगमनबाट निकै उत्साहित बनेको अल नासरले रोनाल्डोको डेब्यु लिग खेलमा जित निकालेको थियो ।तर साउदी सुपर कपमा भने अल नासर अल इत्तेहादसँग सेमिफाइनलमा ३-१ ले पराजित भयो । साउदीमा रोनाल्डोले लगातार दुई खेलमा गोल गर्न सकेका छैनन् । अल इत्तेहादलाई जिताउन रोमारिन्हो, हमदालाह...
काठमाडौँ । मधेश प्रदेश सरकारमा सहमति विपरीत हेरफेर गरेर दिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनमतले स्वीकारेको छ । जनमतबाट बिना विभागीय मन्त्री वसन्त कुशवाहाले आज शुक्रबार पदभार ग्रहण गर्ने जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।सामाजिक विकास मन्त्रालय नदिएर कृषि मन्त्रालय दिएपछि असन्तुष्ट बनेको जनमत संसदीय दलको बैठक शुक्रबार बिहान जनकपुरमा बसेको थियो ।...
जनकपुरधाम । नागरिकले माग गरेको सूचना उपलब्ध नगराउने सिराहाको सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना गरिएको छ । राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।सिराहा नगरपालिका-७ निवासी परशुराम साहले सिराहा नगरपालिका कार्यालयसँग सूचना माग गरेका थिए । तर सूचना नपाएपछि २३ जेठ २०७९ मा कार्यालय प्रमुखविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन...
काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ।अपराह्न ४ बजे सुरु हुने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्र सम्भावित कार्यसूची रहेको छ ।हेर्नुहोस् कार्यसूची
काठमाडौँ । रियल स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार राति क्वाटरफाइनलमा एथलेटिकोलाई ३-१ गोलले पराजित गर्दै रियलले सेमिफाइनलमा स्थान बनाएको हो।रियलको जितमा रोड्रिगो, भिनिसियस जुनियर र करिम बेन्जिमाले एक-एक गोल गरेका थिए। रोड्रिगोले ७९ औं मिनेटमा, बेन्जिमाले १०४ औं मिनेटमा र अतिरिक्त समयको इन्जुरी समयमा जुनियरले गोल गरेका थिए। खेलको १९ औं मिनेटमा अल्भारो...
काठमाडौँ । आगामी महिना काठमाडौँमा आयोजना हुने त्रिदेशीय एक दिवसीय सिरिजका लागि स्कटल्याण्डको टोली घोषणा भएको छ । विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि रिची बेरिङटनको कप्तानीमा स्कटल्याण्डको १५ सदस्सीय टोलीको घोषणा भएको हो ।टोलीमा अलराउण्डर ज्याक जार्भिसले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । स्कटल्याण्डले विश्वकप लिग टूको अन्तिम चार खेल नेपालमा खेल्ने छ । लिग टूबाट स्कटल्याण्डले...
काठमाडौँ । एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शिक्षा सामग्री कक्षा एकदेखि कक्षा पाँच सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले प्रर्दशनीमार्गस्थित रत्नराज्य क्याम्पसमा पुत्ला दहन गरिएको हो ।मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै विद्यार्थीहरूले राजीनामासमेत मागेका छन् ।
काठमाडौँ । काभ्रेलाञ्चोकमा पछिल्लो समय पशु चौपायामा देखिएको रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशुचौपाया तथा स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ ।गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण देखिएको थियो । त्यसको मण्डनदेउपुरको एउटा वडा तथा रोशी गाउँपालिकामा पनि...
कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको थियो । कम्पनीले २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । त्यस्तै १० हजार कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । बाँकी चार लाख १५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन...










