Home Blog Page 488
काठमाडौँ । पारासिटामोल ट्याब्लेटलगायतका औषधि खरिदमा अनियमितता गरेको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकामाथि अनुसन्धान थालेको छ ।आर्थिक वर्ष ०७६/७७ यताका तीन वर्षमा नगरपालिकाले खरिद गरेका औषधिमध्ये सिटामोलको खरिद मूल्य औषधि व्यवस्था विभागले तोकेको न्यूनतम खरिद मूल्यभन्दा धेरै राखिएको छ । केही औषधि जीएमपी (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) प्रमाणित नभएका कम्पनीका छन् ।अख्तियारको इटहरीस्थित कार्यालयले गत पुस ४ मा पत्र काटेर नगरपालिकालाई...
जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहले किसान कार्ड लागु गर्ने घोषणा गरेका छन् । मलखादको समस्या समाधानका लागि कार्यक्रम ल्याउने पनि उनले बताए ।जनमत पार्टीले किसानका समस्या समाधानको माग राखेर किसान आन्दोलन गर्दै आएको थियो । पदभार ग्रहण गरे लगत्तै उनले आफूहरुले अघि सारेको माग पत्र देखाउँदै आफूहरुले जे माग राखेर आन्दोलन गरेको...
काठमाडौँ। गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । अन्तिम दिनको सुनुवाइका लागि सर्वोच्च अदालतले तोकेबमोजिम रवि पक्षको बहस सकिएको छ ।रिटकर्ताका तर्फबाट जवाफी बहस भइरहेको छ । लामिछानेले ७२ सालमै नेपालको नागरिकता प्रयोग गरी पासपोर्ट लिए पनि अमेरिकाको नागरिकता भने ०७५ साल असार ६ गते मात्र त्यागेको विवरण पेस गरेका छन् । उनले नागरिकता परित्यागको प्रक्रिया...
काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्याको बनाइने भएको छ । हाल एक सय शय्याको टेकु अस्पताललाई तीन सय शय्या बनाइने कार्यक्रम दुई वर्ष अघि सारिएको थियो । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजना बनाइएकामा अबको तीन महिनापछि निर्माण कार्य सुरु हुने अस्पतालका निर्देशक डा. मनीषा रावलले बताइन् ।१९९० को भूकम्पपछि कलेरा अस्पतालको...
काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ ) का बिक्री खुला गरेको हो । जारी पुँजी एक अर्बको ३४ प्रतिशत बराबरको ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकिएको...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउनका लागि आफू आइसियुमै भेट्न गएको स्पष्टीकरण दिएकी छिन् ।शुक्रबार बिहान फेसबुक सन्देशमार्फत सार्वजनिक गरिएको स्पष्टीकरणमा अस्पताल पुगेर मृत्युअघि आचार्यलाई भेटेर गल्ती नगरेको तर्क उनले गरेकी छन् । मृत्युसँग सङ्घर्ष गरिरहेको बिरामीलाई आइसियु प्रोटोकल विपरीत भेटेको भन्दै उनको आलोचना भइरहेको छ ।डा....
काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादीले जनाएको छ ।बिहीबारदेखि जारी बैठकमा हिजो पहिलो दिन बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयवस्तु राखेका थिए । उनले राष्ट्रपतिको निर्वाचनमा पार्टीको कदमबारे नेताहरूको राय मागेका छन् । आज स्थायी कमिटी सदस्यहरूले...
काठमाडौँ । प्रहरीले १०१ थान राहदानी र चारित्रिक प्रमाणपत्रसहित दुई जनालाई पक्राउ गरेको छ । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको राहदानी १ सय १ थान र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ घर...
ताप्लेजुङ । कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो ।लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ । सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्यामा...
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ सुरु भएको छ ।यसअघि बुधार इजलासमा एकजना न्यायाधीश हेरफेर गरेर सुनुवाइलाई निरन्तरता दिइएको थियो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् ।अहिले सुनुवाइमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा छन्...