Saturday, May 16, 2026
Home Blog Page 487
महेन्द्रनगर । मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गरेका छन् । बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा (एमाले) मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहेका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।उनले मधेसको विकासका लागि हरेक जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा बहस सकिएपछि न्यायाधीशहरु छलफलमा बसेका छन्। न्यायाधीशहरु खाजाको समयमा पनि छलफलमा रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार भएको मुद्दाको बहस सकिएको हो।शुक्रबार विवादको अन्तिम सुनुवाइ भएकाले आजै फैसला आउने सम्भावना...
काठमाडौँ । पूर्व अर्थ सचिव रामेश्वर खनालले दोस्रो विवाह गरेका छन् । माघ १२ गते श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन् ।चार वर्षअघि श्रीमती सुचित्रा खनालको निधनसँगै खनाल एकल भएका थिए । खनालको एक्ली छोरी छिन् । सरिता शर्मा पोखरेलको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । उनको पनि एक्ली छोरी छिन् । खनालको एक्ली...
जलेश्वर । महोत्तरी जिल्लाको स्थानीय तहमा न्यायिक समिति निष्क्रिय हुँदा न्याय सम्पादनमा समस्या भएको छ । जिल्लाको गाउँपालिका तथा नगरपालिकामा उपाध्यक्ष-उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयवासीले न्यायको अनुभूति गर्न नसकेको जलेश्वर नगरपालिका– २ का शिवचन्द्र चौधरीले गुनासो गरे ।स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको दोस्रो कार्यकालको नौ महिना बित्नलाग्दा पनि नागरिकले न्याय सम्पादन र विकास निर्माणका काममा सहजरुपमा सेवा नपाएको र  न्यायिक समितिले  पनि जिम्मेवारीपूर्वक काममा तदारुकता...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले व्यवसायी प्रेम आचार्यले गरेको आत्मदाहले धेरै पाठ सिकाइरहेको बताएका छन् । आजदेखि भृकुटीमण्डपमा आयोजित ‘नेपाल वूड इन्टरनेश्नल एक्स्पो’ को उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।भण्डारीले नेपाल सरकारले व्यवसायी आचार्यको आत्मदाहबारे छानबिन गरिरहेको समेत बताए । उनले आचार्यको घटनालाई आधार मानेर नेपालको औद्योगिक र व्यवसायीक क्षेत्रमा रहेको समस्यालाई समाधान...
काठमाडाैँ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले चालकहरूले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेको छ। शुक्रबार काठमाडौँमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरूले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने बताए।उनले सधैँ परनिर्भर हुनुभन्दा आफूहरूको भविष्यको लागि आत्मनिर्भर हनुपर्ने भएकाले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने आफूहरूको माग...
काठमाडौँ । बारास्थित अमलेखगन्ज डिपोमा अब डिजेल, पेट्रोल र मट्टितेल एउटै पाई पलाइनबाट आउने भएको छ। हाल उक्त डिपोमा पाइपलाइनमार्फत् डिजेल मात्रै आयात हुँदै आएको छ। पाइपलाइनमार्फत डिजेल आयात सन् २०१९ (२०७६ भदौ) देखि थालिएको हो।सन् २०२४ जनवरीदेखि उक्त पाइपलाइनमार्फत् पेट्रोल आयात पनि थालिने नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए। यसका लागि मोतिहारी-अमलेखगन्ज...
काठमाडौँ । स्थायी विकल्पबिना नहटाउन माग गर्दै सुकुम्वासीहरूले नयाँ बानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले तीन बुँदे माग राख्दै बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।उनीहरूले भूमि अभियान्ताहरुविरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प बिना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।
काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसकेका शेरचन पुनः तेस्रो पटक नियुक्त भएका हुन् । सेन्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन् ।सन् १९९५ सालमा...
जलेश्वर । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले नगरक्षेत्रमा मदिरा प्रतिबन्ध लगाएको छ । नगरभित्र मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको हो ।मनरासिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीका अनुसार पालिकाका भारतीय सीमासँग जोडिएका वडा नं २, ३, ५, ८, ९ र १० को सम्पूर्ण क्षेत्रमा पूर्णरुपमा मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको छ ।...