बढ्यो सुनको मूल्य

55

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेर पुनः १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले वृद्धि भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तैगरी चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।