Tuesday, June 16, 2026
Home Blog Page 47
काठमाडौँ : हरिबोधिनी एकादशीका अवसरमा उपत्यकाका चार नारायणमा विशेष मेला लाग्छ। इचंगुनारायण, शेषनारायण र विशंखुनारायणमा जस्तै भक्तपुरस्थित चाँगुनारायण मन्दिरमा पनि दर्शनार्थीको घुइँचो छ। झरीको बेवास्ता गर्दै श्रद्धालु मन्दिर पुगेका छन्।
काठमाडौं । मलेसिया सरकारले म्यानपावर व्यवसायीका लागि तोकेको १० वटा मापदण्डविरुद्ध व्यवसायीहरूले विरोध जनाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै नेपाली म्यानपावर व्यवसायीहरूकै विरुद्ध केही सीमित व्यवसायी लागेर यस्तो खालको मापदण्ड तय गरिएको भन्दै विरोध जनाएको हो ।नेपालले ति मापदण्डहरू कुनै पनि हालतमा लागू गर्न नहुने संघले अडान लिएको छ । मलेसियनको परराष्ट्र मन्त्रालयले...
काठमाडौं : भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ। विभागले एक सूचनामार्फत तीन करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएकाले आवेदन दिन आग्रह गरेको छ। अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र आवेदन दिन सक्नेछन्। विभागको सूचनाअनुसार एकपटकमा पाँच करोडसम्मको कारोबार गर्ने कम्पनीले पाँच लाख र त्यसभन्दा बढी कारोबार गर्ने...
१४ कात्तिक, काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा छन् ।उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा...
काठमाडौँ : बिहीबारदेखिको अविरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। वर्षासँगै राजमार्गको विभिन्न स्थानमा आएको आएको पहिरो र लेदोका कारण राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन बिष्टले जानकारी दिए।
१४ कात्तिक, काठमाडौं। न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित भएका छन्। देशभरका सबै अस्पतालका नर्सहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन्। सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि एक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन्।नसिंङ संघले अघि सारेको १५ बुँदे मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका...
नुवाकोट : काठमाडौं उपत्यकाको फोहोर दैनिक विसर्जन गरिँदै आएको नुवाकोटको ओखर पौवास्थित बन्चरे डाँडामा फेरी फोहोर फाल्न रोकिएको छ। पहिलेको माग पूरा नगरेको जनाउँदै स्थानीयवासीले बुधवार देखि फोहोर विसर्जन गर्न रोक लगाएका हुन्।बन्चरे डाँडामा ल्यान्डफिल साइटका प्रभावित स्थानीयले पहिलेको मागहरू सम्बन्धित पक्षले पुरा नगरेको जनाउँदै फोहोर बोकेर आएका ट्रकहरू रोकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। फोहोर बोकेर आएका...
काठमाडौँ : रोल्पाको थबाङ- २ का अध्यक्ष अभिलाषा रोका मगरले वडा कार्यालय बन्द गरेर गाउँपालिकालाई साँचो बुझाएका छन्। विकास निर्माणका काममा गाउँपालिका उदासीन बनेको भन्दै मगरले कार्यालयको साँचो बुझाएका हुन्। उनले आफ्ना माग पूरा नभए राजीनामा चेतावनी उनले दिएका छन्। ‘गाउँपालिकाअन्तर्गत पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध हुँदा पनि सञ्चालनमा नआउनु, केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा निरन्तर ढिलासुस्ती हुनुलगायत...
काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा निर्णय नहुने जनाएको हो ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘कसैलाई कुनै...