Saturday, October 17, 2026
Home समाज निरन्तर वर्षाले बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

निरन्तर वर्षाले बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

13

काठमाडौँ : बिहीबारदेखिको अविरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। वर्षासँगै राजमार्गको विभिन्न स्थानमा आएको आएको पहिरो र लेदोका कारण राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन बिष्टले जानकारी दिए।