Wednesday, September 23, 2026
Home अन्तर्राष्ट्रिय मलेसियामा नयाँ मापदण्ड लगाए कडा प्रतिरोध गर्ने व्यवसायीको चेतावनी

मलेसियामा नयाँ मापदण्ड लगाए कडा प्रतिरोध गर्ने व्यवसायीको चेतावनी

11

काठमाडौं । मलेसिया सरकारले म्यानपावर व्यवसायीका लागि तोकेको १० वटा मापदण्डविरुद्ध व्यवसायीहरूले विरोध जनाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै नेपाली म्यानपावर व्यवसायीहरूकै विरुद्ध केही सीमित व्यवसायी लागेर यस्तो खालको मापदण्ड तय गरिएको भन्दै विरोध जनाएको हो ।नेपालले ति मापदण्डहरू कुनै पनि हालतमा लागू गर्न नहुने संघले अडान लिएको छ । मलेसियनको परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्डसहितको पत्रबारे संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।