Saturday, October 10, 2026
Home अर्थ बिपिडब्लु लघुवित्तको आइपीओ बिक्री खुला

बिपिडब्लु लघुवित्तको आइपीओ बिक्री खुला

33

काठमाडौँ । बिपिडब्लु लघुवित्तले आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज माघ २२ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो।

जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३५ ले हुन आउने ९७ लाख रुपैयाँको १०५ अर्थात् ९ हजार ७ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

साथै, यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आइपीओ जारी गर्दैछ। सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता सेयर जारी गर्नेछ। सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस्तै, सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।