Home Blog Page 460
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८, किटेनीबाट देखिएको सिस्ने हिमाल । यो वर्ष प्रर्याप्त हिउँदे वर्षा नहुँदा हिमालमा हिउँ पर्न सकेको छैन । तस्बिर: परिचन्द्र खत्री/रासस
स्वास्थ्य । तपाई आफ्नो यौन जीवनको क्षमता यसरी बढाउन सक्नु हुनेछ ।नाइट डेटिङमा जानुस्: सातामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउने गर्नुभएको छ भने यसमा थोरै बदलाव ल्याउनुस्। रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने गर्नुभएको छ भने केही समयपछि यो पट्यारलाग्दो बन्न जान्छ। यसलाई छोडेर बिहेअघिजस्तै नाइट डेटिङमा जाने गर्नुस्। सिनेमाको नाइट शो हेर्न, डिनर गर्न अथवा रात अन्तै...
बीबीसी । दक्षिणपूर्वी टर्की र सिमाना जोडिएको सिरियामा सोमवार बिहान आएका दुईवटा शक्तिशाली भूकम्पका कारण कम्तीमा ५,००० जनाको ज्यान गएको छ र हजारौँ मानिस घाइते भएका छन्। पहिलो भूकम्प आएको केही घण्टापछि दोस्रो शक्तिशाली भूकम्प आएको थियो।ती भूकम्पका कारण भएको मानवीय क्षति निकै बढी हुनसक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले दिएको हो। टर्कीको गाजियान्टेप प्रान्तमा आएको पहिलो भूकम्प ७.८...
काठमाडौँ । मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रीका रूपमा सुनिता यादव र उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् ।  उद्योगमन्त्री यादवलाई मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ दिलाएका हुन् ।उद्योगमन्त्री...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताएका छन् ।मङ्गलवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सरकारी बिदाहरू धेरै भएकाले जनताका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएको बताए । ‘यसमा पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि...
काठमाडौँ । अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरूलाई अनुदान रकम सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । चालु आर्थिक वर्ष ०७९/८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा पठाउन भनिएको छ ।अर्थमन्त्री विष्णु पौडेलले सबै तहका सरकारले दिने अनुदानको विवरण तयार पार्न अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन् । मंगलवारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले नेपाल टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढीसकेको भएपनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाइ प्राथमिकता दिन नसकेको उल्लेख गरे । उनले नेपाली...
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिट दर्ता भएको छ ।अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध रिट निवेदन दिएका हुन् । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । आदेशअनुसार आज रिट निवेदन दर्ता भएको हो । भोलि माघ २५ गते...
काठमाडौं । सबै महिला महिनावारीबाट गुज्रनुपर्छ। तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन्। यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन्। तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ। यसमा अन्धविश्वासको कुनै लेनदेन छैन। तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक छ।१. महिनावारी प्रत्येक २८ दिनमा हुनपर्छ। तथ्य  – महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर...
काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।मन्त्रालय स्रोतकाअनुसार गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सानो परिमाणमा रहेको त्यहाँको पन्छी नष्ट गरिसकिएको मन्त्रालयले जनाएको छ...