भूकम्पका कारण ५ हजारको मृत्यु

106

बीबीसी । दक्षिणपूर्वी टर्की र सिमाना जोडिएको सिरियामा सोमवार बिहान आएका दुईवटा शक्तिशाली भूकम्पका कारण कम्तीमा ५,००० जनाको ज्यान गएको छ र हजारौँ मानिस घाइते भएका छन्। पहिलो भूकम्प आएको केही घण्टापछि दोस्रो शक्तिशाली भूकम्प आएको थियो।

ती भूकम्पका कारण भएको मानवीय क्षति निकै बढी हुनसक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले दिएको हो।
टर्कीको गाजियान्टेप प्रान्तमा आएको पहिलो भूकम्प ७.८ म्याग्निट्यूडको थियो। नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्प पनि ७।८ म्याग्निट्यूडकै थियो।

टर्कीमा परकम्पका रूपमा आएको दोस्रो भुइँचालो ७.५ म्याग्निट्यूडको थियो। यस्तो भुइँचालोलाई ठूलो मानिन्छ।

टर्की र सिरियामा आएका दुईवटा ठूला भूकम्प
टर्कीमा आएको पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा केवल १८ किलोमिटर मुनि थियो।त्यसैले भवनहरू र अन्य भौतिक संरचनामा ठूलो क्षति पुग्यो।

लन्डनस्थित यूनिभर्सिटी कलेजका जोखिम तथा विपद् न्यूनीकरण विभाग प्रमुख प्राध्यापक जोआना फोरे-वाकर भन्छिन्,विगत १० वर्षमा दुई वटा मात्रै त्यति म्याग्निच्युडका र त्यसभन्दा अघिल्लो दशकमा चार वटा त्यस्ता विनाशकारी भूकम्प गएका छन्।तर भूकम्पको शक्तिका कारण मात्रै विनाश निम्तिने होइन।यो भूकम्प बिहान सबेरै आएका बेलामा मानिसहरू घरभित्रै सुतिरहेका थिए। घर तथा भवनहरू कति बलिया छन् कुराले पनि भूकम्पका कारण हुने क्षति फरक पर्न सक्छ।