भारतीय विदेश सचिव नेपाल आउँदै

140

काठमाडौँ । भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने छ ।

क्वात्राले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री बिमला राई पौड्याल लगायतका उच्च पदाधिकारीसँग भेट्ने कार्यक्रम छ । नेपालका लागि भारतको पुर्व राजदूत समेत रहेका क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिने श्रोतले जनाएको छ । फागुन १ गते सोमबार नेपाल आउने क्वात्रा मङ्गलवार भारत फर्कने परराष्ट्र मन्त्रालयले आज शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।