ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले आफ्नो कार्यसम्पादनको हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरूलाई निर्देशन दिएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ३६ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री मोदीले कुनै पनि लोभको पछि नलागीकन राष्ट्रको हितको पक्षमा काम गर्न निर्देशन दिएका हुन् ।‘इजि मनी...
काठमाडौँ । घरेलु हिंसाबाट पीडित बनेकी बिनु यादव संघीय संसद् भवन अगाडि पक्राउ परेकी छन् । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।उनले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन...
काठमाडौँ । मोबाइल व्यवसायीहरूले सरकारसँग नयाँ बसपार्क क्षेत्रमा १ फागुनमा भएको यातायात मजदुरको आन्दोलनका कारण भएको क्षतिको क्षतिपूर्ति माग गरेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गर्दै मोबाइल व्यवसायी सङ्घले गोङ्गबु बसपार्कको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाइल पसलहरूबाट भएको मोबाइल, ल्यापटपको चोरी र संरचना तोडफोडबाट अनुमानित ८ करोड बराबरको क्षति भएको जानकारी गराएको छ ।प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा निर्धक्क...
काठमाडौँ । ४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीहरूले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् ।विगत लामो समयदेखि निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका उनीहरूले तत्कालका लागि आज (बुधवार) बाट आन्दोलन स्थगित गरेका हुन् ।मङ्गलवार राज्यसँग ३ बुँदे सहमति भएसँगै उनीहरूले आजबाट आन्दोलन स्थगित गरेका हुन् । सरकारसँगको सहमतिमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य...
सर्लाही । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।शिक्षकहरूको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चित कालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका नगर सह अध्यक्ष राजेशकुमार...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सांसदहरूको बायोमेट्रिक हाजिरको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।‘जनप्रतिनिधिले सदनमा जवाफदेही हुने गरी उपस्थिति हुने व्यवस्था गरियोस्, र जनताले पनि आफ्नो जनप्रतिनिधि कहाँ छन् भन्ने कुरा राम्रोसँग हेर्न पाओस्’ उनले भने ।
काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी कर्मचारी जुनसुकै बेलामा शान्ति सुरक्षा अमन चयनका लागि आवश्यक तयारीमा रहनुपर्ने बताएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहतका प्रहरी कार्यालयका प्रमुखहरूलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उनले कुनै पनि अपराधका घटना हुन नदिन प्रहरी कर्मचारीको सक्रियता महत्त्वपूर्ण रहने उल्लेख गरे।प्रहरी महानिरीक्षक सिंहले जिम्मेवारीलाई पूर्ण रूपमा सम्पादन गर्न निर्देशन पनि...
कञ्चनपुर । लालझाडी गाउँपालिका–४ का ६५ वर्षीय रामबहादुर चौधरीले गाउँ नजिकैको दोदा नदीमा माछा मार्ने कार्य धेरै वर्षदेखि गर्दै आउनुभएको छ । नदीमा पहिलेको जस्तो माछा जालमा पर्ने गरेका छैनन् । दिनभरी नदीमा जाल खेलाउँदा थोरै मात्रै माछा जालमा पर्ने गरेका छन् । नदीमा थोरै प्रजातीका माछा मात्रै रहेको उहाँले बताउनुभयो । “विगतमा नदीमा जाल खेलाउँदा एक घण्टाभित्रै पाँच...
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको सडक वधशाला भइरहेकाले त्यसलाई रोकेर जीवनशाला बनाउन जरुरी रहेको बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका भट्टराईले भने, ‘सडक जीवनशाला हो । नेपालका सडकहरूलाई वधशाला हुनबाट जोगाउनुपर्छ । जीवनशाला बनाउनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’उनले सडक विभागले सडक बनाउने र त्यसको गुणस्तर उसैले जाँच्ने र...
काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र देखाई जागिर खाएको भन्दै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। विश्वप्रकाश भेटवालले हदैसम्मको कारबाही गरिपाऊँ भन्दै अख्तियारीमा उजुरी दिएका हुन्।निवेदक भेटवालले डिआइजी सिंहले हुँदै नभएको योग्यता देखाई, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर सच्याई जागिर खाएको उल्लेख गरेका छन्।...










